प्रहरी बुलेटिन : कहाँ-के भयो ? [थाहा पाउनुस]
नेपालबहस संवाददाता
असोज २५, २०७६ आइतबार १:१०:७
२५ असोज काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट मोरङ पत्थरी शनिश्चारे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राईलाई नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र सिरिन्ज १३ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १९२७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१७ रानीगन्जबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याब्लेट, प्रोमिथेजाइन ८ सिसि, नुर्फिन ४ एम्पुल र सिरिन्ज १ थान सहित लालबन्दी नगरपालिका-१६ बस्ने २२ वर्षीय बुद्धसिंह वाईबा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, बौधीमाई नगरपालिका-८ हनुमानचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित मौलापुर नगरपालिका-९ सोनारनिया बस्ने २५ वर्षीय मेधु महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-२ छाताचोक बस्ने ३० वर्षीय सबिन भुजेललाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकाश मगर सहित ३र४ जनाको समूहले भुजेललाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्नेमध्ये बिकाशलाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट सुन जस्तो देखिने पहेंलो धातु करिब आधा केजी सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने नुवाकोट घर भएका २२ वर्षीय दिपक गुरुङ र काठमाडौं स्वयम्भू बस्ने नुवाकोट घर भएका २९ वर्षीय राजु तामाङ रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता धनुषाको जनकपुर उपमहानगरपालिका-२० बाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ९३७ नम्बरको मोटरसाइकल र पटाका सहित छाडेर फाली फरार भएकाले उक्त पटाका र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उदयपुरको उदयपुर त्रियुगा नगरपालिका-९ चौकीबारी बस्ने ३२ वर्षीया शारदा कुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचना कुमारी चौधरी शुक्रबार राति घाँटी रेटी हत्या भएको अवस्थामा फेला परेका छन् । घटनामा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै नवलपरासी ‘पश्चिम’, नवलपरासी ‘पूर्व’, सिन्धुली, काभ्रे, पर्सा र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
नवलपरासी ‘पश्चिम’, सुनवल नगरपालिका-४ स्थित सडकमा लु.२ च ६६९७ नम्बरको स्कार्पियो गाडीले लु.५६ प ३२८१ नम्बरको मोटरसाइकललाई शुक्रबर दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका-११ तह्रवानी बस्ने ३८ वर्षीय टेक प्रसाद ढकालको जेनेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी ‘पूर्व’, बुलिङटार गाउँपालिका-६ मिरन्दी खोलास्थित सडकमा ग.१ ज ६५०५ नम्बरको जिप ब्रेक फेल भई शुक्रबार दिउँसो दुर्घटना गम्भीर घाइते भएका जिपमा सवार देवचुली नगरपालिका-४ बस्ने ३४ वर्षीय हरी अधिकारीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई उपचारको लागि दलदलेतर्फ लगिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागझुलीस्थित सडकमा ज.१ ज २३२ नम्बरको सुमोले बा.३६ प ७८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनकोशी गाउँपालिका-१ बस्ने १९ वर्षीय धनधोज तामाङलाई उपचारको लागि धुलिखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको भरोसा अस्पताल रातामाटामा उपचार भइरहेको छ । ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रे, रोशी गाउँपालिका-३ साझकोटस्थित सडकमा बा.३ ख ३५९५ नम्बरको ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक समेत ३६ जनालाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा ३ जनालाई थप उपचारको लागि मध्यपुर अस्पताल ठिमी पठाइएको छ । पर्सा, पर्सागढी नगरपालिका-३ स्थित सडकमा ग.७ प ३४०३ नम्बर र ना.२० प २२८७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका ना.२० प २२८७ नम्बरका मोटरसाइकल चालक वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३० वर्षीय अदनान सिद्धिको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा ग.६ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता संखुवासभामा खाँदवारी नगरपालिका-९ तुम्लिङ्टार बस्ने प्रदिप शेर्पाको घरमा चाउचाउ राखेको गोदाममा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार