शब्दचित्रमा चिनियाँ राष्ट्रपति सी र ‘सी विचारधारा’
इन्द्र रिजाल
असोज २५, २०७६ आइतबार २:२६:२०
२५ असोज, काठमाडौं । राष्ट्रपति सी जिनपिङ (१९५३– ) चीनका सर्वोच्च र मूख्य नेताको रुपमा चीनभित्र मानिन्छ । सन् २००२ मा गतिशील नेतृत्वकारी बाटोमा देखापर्न थालेपछि उनलाई पश्चिमी सञ्चार माध्यमहरूले भावी सर्वोच्च नेताको रुपमा चिन्न–चिनाउन थालिसकेका थिए ।
दोस्रो विश्वयुद्धपछि जन्मेको पुस्ताबाट चीनको कम्युनिस्ट पार्टीको महासचिव र राष्ट्रपति बन्ने पहिलो व्यक्ति र नेतृत्व पुस्तामा पाँचौ सी, लोकगायिका पत्नी पेन लियु यान र हार्वार्ड विश्वविद्यालयमा शिक्षित २७ वर्षे एकमात्र छोरी सी मिङ्जेका पिता हुन् ।
अमेरिकाको फोब्र्स् पत्रिकाले संसारका १०० सर्वाधिक प्रभावशाली व्यक्तिको सूचिमा सी जिनपिङ पहिलो, रूसी राष्ट्रपति पुटीन दोस्रो, अमेरिकी राष्ट्रपति ट्रम्प तेस्रो, भारतीय प्रधानमन्त्री मोदी नवौं स्थानमा रहेको देखाएको थियो ।
नेतृत्वमा आएपछिको पहिलो भाषणमै भ्रष्टाचारलाई माथिदेखि तलैसम्म (उनकै भनाईमा ‘सिंहदेखि झिँगासम्म’) प्रहार गरेका र यसका लागि आठबुँदे मार्गनिर्देशन जारी गरेका कसैलाई बाँकी नराख्ने उनको प्रतिबद्धतामा इमानदारिता मात्र छैन, त्यसै क्रममा आफ्नो बाटोका च्यालेन्जर र बाधकलाई पनि सिध्याउने अस्त्रका रुपमा यिनले उपयोग गरे । चीनमा भ्रष्टाचार बिरूद्धको राष्ट्रिय आयोग सर्वोच्च न्यायालयभन्दा माथिल्लो तहमा र त्यति नै शक्तिशाली छ ।
यिनको यो पनि विश्वास छ “निजी सम्पत्ति थुपारेकाहरू सच्चा कम्युनिस्ट हुँदैनन् ।” सी विचारधाराका १४ आधारभूत विषयवस्तु बुँदागत रुपमा बुझ्दा :-
(१) चीनभित्रका सम्पूर्ण क्रियाकलापलाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सुनिश्चित गर्ने,
(२) चिनियाँ कम्युनिस्ट पार्टीले जनसरोकारका लागि जनताकेन्द्रित मान्यतालाई आत्मसात गर्ने,
(३) संविधानको ‘सुधारलाई बृहत गहिराई’ आत्मसात गर्ने,
(४) ‘परिवर्तनात्मक, संयोजित, हराभरा, खुला र समावेशी विकास’का लागि विज्ञानमा आधारित विचारलाई अपनाउने,
(५) ‘जनता नै देशका सच्चा मालिक हुन्’ भन्ने मान्यताका साथ ‘चिनियाँ विशेषतासहितको समाजवाद’ को अनुशरण गर्ने,
(६) चीनमा विधिको शासन सशक्त बनाउने,
(७) चिनियाँ विशिष्टतासहित माक्सर््वाद, साम्यवाद तथा समाजवादका साथ ‘आधारभूत समाजवादी मूल्य’हरूको अवलम्बन गर्ने,
(८) ‘जनताको जीविका र जीवनस्तर उन्नत बनाउनु नै विकासको प्राथमिक लक्ष्य हो’,
(९) ‘ऊर्जा संरक्षण तथा वातावरणीय सुरक्षा’ को नीतिसहित प्रकृतिसँग अनुप्राणित हुने,
(१०) राष्ट्रिय सुरक्षालाई सशक्त बनाउने
(११) चीनको ‘जनमुक्ती सेनामा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नेतृत्व हुनुपर्छ’,
(१२) ‘पूर्ण राष्ट्रिय एकीककरण’को भविष्यका साथ हङ्कङ् र मकाउको लागि एक मुलुक दुई पद्धतिको परिपाटीलाई प्रबद्र्धन गर्ने र ताईवानसँग सन् १९९२ को सहमति तथा एक चीन नीतिलाई निरन्तरता दिने,
(१३) ‘शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण’ का साथ चिनियाँ जनता र विश्वभरिका बाँकी जनताका बीच साझा हित स्थापित गर्ने,
(१४) चिनियाँ कम्युनिस्ट पार्टीभित्र अनुशासनलाई सुदृढ बनाउने ।
सन् २०१३ मा चीनको कम्युनिस्ट पार्टीमा आन्तरिक निर्देशनको रुपमा बाँडिएको परिपत्र, जो ‘दस्तावेज नं. ९’ भनी चर्चित छ, मा पश्चिमा लोकतन्त्रका आधारभूत मूल्य मान्यताका ७ वटा विशेषता चीनको शासकीय मोडेलको लागि खतराका रुपमा औँल्याइएको छ, जुन सी विचारधाराको एउटा पक्ष हो भने चिनियाँ शासनको मोडेल हो । कतै सी विचारधारासँग यही असोजको शुरूमा ६ बुँदे सम्झौता गरेको सत्तारुढ नेकपाले यसलाई पनि अपनाउन गईरहेको त छैन ? लोकतन्त्रलाई कुण्ठित गर्ने र एकदलीय सर्वेसर्वा विशेषतालाई विस्तार गर्न लागेको देख्नेले यो शंका गर्नसक्छ । राष्ट्रपति सी पश्चिमा शैलीको स्वतन्त्र पत्रकारिताका पनि विरोधी हुन् ।
२०१७ को चिनियाँ राष्ट्रिय काँग्रेसले संविधान नै संशोधन गरी २ कार्यकाल मात्र नेतृत्वमा रहन पाउने प्रावधानलाई परिवर्तन गरी यिनी आजीवन राष्ट्रपति र पार्टी महासचिव हुने भएका छन् । यिनका पिता सी झोङ् सुन माओका अत्यन्त ‘नियर एण्ड डियर’ थिए, तर सांस्कृतिक क्रान्तिकाल (१९६६–७६) मा उनलाई कारवाही गरेर कुनै गाउँको बंगुर फार्ममा काम गर्न पठाएपछि किशोर सी पनि पितासँगै गएका थिए ।
इन्टरनेशनल बिजनेश टाइम्स् पत्रिकाले १८ अक्टुबर २०१० को अंकमा प्रकाशित ‘चीनमा सेना हेर्ने जिम्मा सीलाई, राष्ट्रपतीय अभिभारामा एक कदम नजिक’ शीर्षक अन्तरवार्तामा उनले भनेका थिए, “केही दिग्दारलाग्दा भरिपेट भएका विदेशीहरू पनि छन्, उनीहरूको काम हामीतिर औँला तेस्र्याउनेभन्दा राम्रो काम तिनले गर्न जानेका छैनन् ।
टिपी राख्नुहोस्, पहिलो– चीनले क्रान्ति निर्यात गर्दैन, दोस्रो– चीन भोक र गरिबी निर्यात गर्दैन, तेस्रो– चीन तिम्रो टाउको दुखाई हुन आउँदैन, यहाँभन्दा के भन्ने ?”(There are some bored foreigners, with full stomachs, who have nothing better to do than point fingers at us….. Note down- First, China doesn’t export Revolution; second, China doesn’t export hunger and poverty; third, China doesn’t come and cause you headaches, what more is there to be said ?)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार