नेकपाका अर्का नेता पनि परस्त्रीगमनमा लागेपछि…..
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १९:१६:२४
२६ असोज, कैलाली । प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० सिट भएको मुलुककै ठूलो मानिने कैलाली जिल्लाका नेकपा अध्यक्ष रतन थापाको घरमा दुई वटा श्रीमति हुदाँहुँदै तेस्रो महिलासँग सम्बन्ध रहेको कुरा भाइरल भएको छ । नेकपा कै वरिष्ठ नेता कृष्णबहादुर महरा परस्त्रीगमनमा लागेको काण्ड सेलाउन नपाउदै सत्तारुढ पार्टीका अर्का नेताको काण्ड सार्वजनिक हुनपुगेको हो ।
सुदूरपश्चिमको अछामबाट संचालित बान्नीगढी टुडेमा प्रकाशित समाचार अनुसार सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत रहेका थापा आफ्नो प्रेमिकासँग कुरा गर्दै गरेको अडियो सार्वजनिक भएपछि यतिबेला यो समाचारले अछाममा मात्र होइन देशैभरि चर्चा पाएको छ ।
दुई श्रीमति र पाँच सन्तानका धनी रहेका थापाले आफ्नो प्रेमिकासँग गरेको टेलिफोन सम्वादको अडियो बाहिरिएपछि यो समाचार अहिले भाइरल भैइरहेको छ ।
यता केही दिन अघि संसद सचिवालयमा कार्यरत अनमी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान दशैँभरि रोकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार दशैँ बिदामा सरकारी वकिलको कार्यालय बन्द हुने भएकाले बिदा सकिएपछि मात्र महराको बयान सुरु हुने छ ।
काठमाडौंको सरकारी वकिल कार्यालय २६ गते आइतबारबाट खुल्ने भएपनि आज सार्वजनिक बिदा भएकाले भोलि सोमबारबाट मात्र खुल्नेछ । सुवेदीका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसा आरोपमा मुद्दा चल्छ । मुलुकी अपराध संहिताअनुसार उक्त आरोप प्रमाणित भए महरालाई तीन वर्ष ६ महिनादेखि ५ वर्षसम्म कैद हुनसक्छ ।
महरा काण्ड सेलाउन नपाउदै कैलाली जिल्लाका नेकपाका अध्यक्ष रतन थापा घरमा दुई वटा श्रीमति हुँदाहुँदै तेस्रो महिलासँगको सम्बन्ध भएको कुरा भार्इरल भैइरहदा नेकपाको राजनीति कता मोडिने होला ? अब थापालाई कस्तो कार्वाही हुन्छ होला ? आम सर्वसाधारणले चाखपूर्वक हेरेका छन् ।
यता काठमाडौंमा प्रहरी दिवसकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि अपराधका घटनामा कार्वाही गर्न प्रहरीले सरकारको कसको छ ? को सरकार बाहिर छ ? केही नहेरी र दवावमा नपरि अनुसन्धान गर्न निर्देशन दिएका छन् । के नेकपा नेता थापालाई कार्वाही होला त ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र
जेठ ९, २०८१ बुधबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार