चीनको सुरक्षा संवेदनशीलता र ‘खतरा’ तिब्बतमात्र होइन सिन्ज्याङ्मा पनि
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार २०:५१:२२
२५ असोज,काठमाडौं । पश्चिम चीनको मुस्लिम बहुल सिन्ज्याङ् प्रान्ततिर इस्लामी अतिवादी आतंककारीको दबदबा र त्यसमाथिको नियन्त्रण विशेषगरी पश्चिमी मुलुकहरूको विशेष चासोको विषय बन्दै आएको छ ।
नेपालका लागि पूर्वअमेरिकी राजदूत जुलिया चाङ् ब्लकले २०६६ सालमा चारवर्ष अघि सिन्ज्याङ्मा विद्रोह भड्किए ताका नै अंग्रेजी दैनिक हिमालयन टाइम्समा एक लेख लेखी पश्चिम चीनका मुस्लीम बिद्रोहीहरूले आफ्नो आन्दोलन प्रभावकारी बनाउन नेपालको भूमि उपयोग गर्नसक्ने बलियो संभावनालाई उल्लेख गरेकी थिइन् । त्यसैले सिन्ज्याङ् विद्रोहको असर नेपालमा नपर्ला भनी ढुक्क हुन सकिन्न । अहिले त्यहाँको सुरक्षा व्यवस्था काबुभित्रै छ, तर कुनै बेला विद्रोह नभड्केला भन्न सकिन्न ।
बेइजिङ्का अधिकारीहरूले विगतमा ‘जातीय सद्भाव प्रशिक्षण मास’ अभियान अन्तर्गत शानशान काउन्टीका बस्तीमा मात्र ८० हजार अधिकांश चिनियाँ मुसलमानलाई एकसय प्रवचनद्वारा जातीय सद्भावको प्रशिक्षण दिएका थिए । तर त्यो काम लागेन । त्यस क्षेत्रका निवासी उइगुर जातीका मुसलमानहरू अफगानिस्तानका अलकायदा र तालिबानी मुसलमानको उक्साहटमा लागेर उग्रवादी गतिविधि गर्ने हुँदा धेरै मुसलमानहरू मारिइसकेका छन् ।
त्यस क्षेत्रमा छुरा बोकेका आतंककारीले २४ जना नागरिक मार्नुका साथै स्थानीय प्रहरी स्टेशनमा आक्रमण गरेपछि चिनियाँ पुलिसले गोली चलाउनु परेको थियो । मूख्यतः पाकिस्तानबाट उनीहरू आफ्ना पृथकतावादी आतंककारी गतिविधि सञ्चालन गरिरहेका छन् ।
सिन्ज्याङ् प्रान्तको राजधानी उरुम्कीमा पनि मुस्लीम आतंककारी दबदबा विगतमा बढेको थियो । चीनको अंग्रेजी सरकारी समाचारपत्र ‘ग्लोबल टाइम्स्’ ले बताएअनुसार सिरियाको गृहयुद्धमा लड्नका लागि यस क्षेत्रका कम्तिमा एकसय आदिवासी उइगुर मुसलमान लडाकुहरू सिरिया पुगेका छन् । तर बेइजिङ्ले सिरियाको युद्धमा त्यहाँका विद्रोहीलाई होइन सरकारलाई समर्थन गरिरहेको छ ।
धार्मिक परम्परा झल्काउने रुप, जस्तै लोग्नेमान्छेले लामो दाह«ी पाल्न, महिलाले टाउको ढाक्ने हिजाब (स्कार्फ) लगाउन ‘जिलबब’ नामक मुस्लीम महिलाले लगाउने लामो गाउन लगाउन सरकारले प्रतिबन्ध लगाएको छ । तर मर्दा अन्त्येष्ठी तथा किरियाका लागि र बिवाहका लागि खर्च दिने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छविलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार