पानी खुवाउन लैजाने क्रममा गोरुले हानेपछि वृद्धाको मृत्यु
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १५:४१:३१
२७ असोज, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले हानेपछि मृत्यु भएको छ ।
आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुकाे सिङ्गले हानेपछि वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए ।
धानबाली हात्तीको बथानद्वारा सखाप
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले गए राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै बस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पु¥याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् । पाकेर काट्नै लागेको धानबालीमा हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडाध्यक्ष बहादुर महराले बताए ।
साँझ नपर्दै बस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उनले बताए । दुई दर्जन बढी किसानको धानबालीमा व्यापक नोक्सानी पुगेको छ उनले भने, “गाउँका बासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौँ ।” हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ ।
दुई साता अघि पनि जङ्गली हात्तीको बथानले यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघा बढी जग्गाको धानबालीमा नोक्सानी गर्नुका साथै तीन जना किसानको घरसमेत भत्काएको थियो ।
प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्र मच्चाउँदै आएको छ । स्थानीय किसानले पूरै धानबालीमा नोक्सानी पुगेपछि स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेन्ट लागेर किशोरीको मृत्यु दुई जना घाइते
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछानेलाई पक्राउ गरी कास्की पठाइदिन काठमाडौं प्रहरी र सीआइबीलाई पत्राचार
कात्तिक २, २०८१ शुक्रबार
सयपत्री फूल खेती
कात्तिक २, २०८१ शुक्रबार
गौशाला धर्मशाला विवादमा उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, दुबै पक्ष झिकाउने
कात्तिक २, २०८१ शुक्रबार
अन्नपूर्णले गर्यो पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
कात्तिक २, २०८१ शुक्रबार
तीन करोडको लगातमा महाशिलामा आश्रम भवन निर्माण
कात्तिक २, २०८१ शुक्रबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार