दसैँंमा साढे नौ अर्ब ५० करोड बराबरको नयाँ नोट सटही
नेपालबहस संवाददाता
असोज २७, २०७६ सोमबार १९:२२:२९
२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँंमा साढे नौ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ। नयाँ र सुकिला गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पाँच, १०, २०, ५० र सय रुपैयाँ दरका नोट सटही गरेको र गत वर्षको भन्दा यो तीन अर्ब कम सटही भएको बताए।
उनले सीमा घटाएको र सुकिला नोटलाई प्राथमिकतामा राखेका कारण सटहीका लागि यसपाली कम पैसा बाहिर गएको बताए। यस दसैँमा नयाँ नोट छापिएर समयमा नपुग्दा राष्ट्र बैंकले सटही सीमा घटाएको उनको भनाई छ।
उनका अनुसार नोटलाई जतन गरौँ भन्दै नयाँ र सुकिला नोटहरु सटही गरिनुका साथै नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको हो।
उनले गत वर्ष सरह यसवर्ष पनि ठूला दरका नोट बाहिर गएका छन्। पाँच सय र हजार दरका नोट ५२ अर्ब रुपैयाँ बराबरको बैंकिङ कार्यालयबाट बजारमा गएको जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार