सदावहार लगानीकर्ताले उठाउन सकेनन् नेप्सेको साख
नेपालबहस संवाददाता
असोज २७, २०७६ मंगलबार १:११:३६
२७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सदावहार लगनी गर्ने र कारोबार गर्नेलेमात्र यसको साख उठाउन नसकेको भान हुन थालेको छ । नेप्सेको लामो यात्रामा झुक्किएर कुनै दिन ग्रीन सिग्नल देखिनु बाहेक २०७६ को बडादशैं पछि खुलेको बजार अझै आह्रालो यात्रामा नै जारी देखिएको छ । निरन्तर ओह्रालो लागेको नेप्से आज पनि दोहोरो अङ्कले घट्दा लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको एक लगानीकर्ताले नेपालबहस डटकमलाई बताए ।
उनका अनुसार बजारका खेलाडी एवंम शेयरमा लगानी गरेर कमाउन पल्केकाहरु सँधै न्यूनतममा लगानी गरेर कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने मौका कुरेर बसेका हुन्छन् । त्यस्ता लगानीकर्ताहरु सुचिकृत कम्पनीले अधिकतम प्रतिफल दिने समय कुरेर बस्ने गर्छन् । मौका छोपिछोपी बजारमा पस्ने र अधिकतम मुल्य पुगेका बेला शेयर बेचेर बाहिर निस्कने प्रवृत्ति त्यस्ता लगानीकर्तामा हुन्छ ।
सदावहार लगानीकर्ताले धितोपत्र बजारमा कारोबार गरिरहे पनि शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्ने क्रम रोकिएको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैंको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बीमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । यस्तै, सिद्धार्थ बैंक रु दुई करोड ६४ लाख पाँच हजार ८९४, नबिल बैंक रु एक करोड २६ लाख २८ हजार ६७९ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार राधी विद्युत् कम्पनीका शेयरधनीले ५.८४, एचआइडिसिएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका शेयरधनीले ५.६३ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार