पूर्व उद्योगमन्त्री बस्नेतको पहलमा वैकल्पिक सडक अनुगमन
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १३:६:५८
२८ असोज, भक्तपुर । मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ ।
मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उनीसहितको टोलीले अनुगमनसमेत गरेको थियो ।
सङ्घीय सरकारको रु एक करोड र उपत्यका विकास प्राधिकरणको रु ५७ लाख गरी कूल रु एक करोड ५७ लाखको लागतमा उक्त सडक निर्माण गरिएको सांसद बस्नेतले जानकारी दिए।
सडकको दायाँबायाँ फुटपाथसहितको ११ मिटर चौडाइ तथा करीब ४०० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणसँगै अब मध्यपुरथिमि शङ्खधरचोकबाट दधिकोट जान सहज भएको छ ।
थिमि–शङ्खधर चोकबाट दधिकोट जाँदा हरेक दिन सवारी साधान जाम हुने र केही महीनाअघि नयाँ पुल निर्माण गर्ने क्रममा अवरुद्ध सडकले यहाँका बासिन्दाले सास्ती पाए पनि अब भने यो वैकल्पिक सडकका कारण यात्रामा सहज भएको छ ।
मध्यपुर अस्पताल हुँदै दधिकोट हर्षचोक जोडिने उक्त सडकले थिमिबाट दधिकोट जाने दूरीसमेत घटाएको छ भने दशैँमा समेत ठेकेदारलाई काम गर्न लगाएर समयमै यो सडक निर्माण गरिएको र अब दुबैतर्फको फुटपाथ पनि अब छिट्टै निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताइएको थियो ।
आइतबार उक्त सडक कालोपत्र भएसँगै त्यसको गुणस्तरसमेत परीक्षण गरी सांसद बस्नेतको नेतृत्वमा नेकपा जिल्ला अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीसमेतको टोलीले सो सडक अनुगमन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
दाङको डाँडापातुवामा घरभित्र छिर्यो माइक्रो, ६ जना घाइते
असोज २०, २०८१ आइतबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
एक विदेशीसहित काभ्रेमा ७७ जनाको मृत्य, ७५ घाइते
असोज २०, २०८१ आइतबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार