सहमति र सहकार्यबाटै लोकतन्त्र बलियो हुन्छ : नेतृ कोइराला
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १३:४६:४९
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति, सहकार्य र एकताबाट मात्र लोकतन्त्र बलियो हुने बताइएकी छिन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले साेमबार आयोजना गरेको प्रदेश, जिल्ला र विदेश शाखाका प्रतिनिधिका लागि आयोजना गरेको ‘प्रशिक्षण कार्यक्रम’मा उनले लोकतन्त्र बलियो भए मात्र मुलुकको विकास हुने बताए ।
“गिरिजाप्रसाद कोइरालाले अगाडि बढाएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र र गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउँछ”, उनले भनिन । नेतृ कोइरालाले लोकतन्त्रलाई बलियो बनाउनका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
फाउण्डेशनको अमेरिका शाखाका संयोजक सोमनाथ घिमिरेले फाउण्डेशनले गिरिजाबाबुको योगदानलाई विश्वमाझ फैलाउन नयाँ पुस्तालाई तालीम र अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्ने बताए । फाउण्डेशनको ललितपुरका संयोजक जितेन्द्र श्रेष्ठले फाउण्डेशनलाई सामाजिक कार्यक्रमका क्रियाशिल बनाउनुपर्ने धारणा राखे ।
फाउण्डेशनको काठमाडौँ संयोजक अर्जुन पराजुली, रुपन्देहीका संयोजक खेलराज पाण्डे, नवलपुरका संयोजक झपेन्द्र भुसाल, धादिङका संयोजक बामदेव अधिकारी, सङ्खुवासभाका संयोजक चित्रा कार्की अधिकारीलगायतले फाउण्डेशनले जनस्तरमा पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सातै प्रदेशका संयोजक, जिल्ला संयोजक र विदेशस्थित विभिन्न देशका संयोजकको सहभागीता थियो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो फाउण्डेशनले सात प्रदेश, ७७ जिल्ला र विदेशका झण्डै एक दर्जन मुलुकमा शाखा विस्तार गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार