सांसद पदबाट निलम्बित भए आलम
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १४:३३:२९
२८ असोज, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्य मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्बन गरेको छ । हत्या अभियोगमा आलम आइतबार रौतहटबाट पक्राउ परेका थिए ।
संघीय संसद सचिवालयका सचिव डा.भरतराज गौतमले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ‘३’ को प्रयोजनका लागि सोही नियमावलीको नियम २४४ को उपनियम ९२० बमोजिम सूचना प्रकाशन गरेका थिए।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ ९३० ले कुनै सदस्यलाई फौजदारी अभियोगममा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पूपक्र्षको लागि थुनामा रहेमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन् र त्यस्तो अवधि भर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था गरेको छ ।
आलम रौतहट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन् । सचिवालयले जिल्ला प्रहरी कार्यालय, रौतहटबाट आलम कत्र्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा परेको व्यहोराको पत्र प्राप्त भएको उल्लेख गरेको छ । प्रहरीले आलमलाई पक्राउ गर्नु अघि रौतहट जिल्ला अदालतबाट सोमबार नै अनुमति लिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका आलममाथि २०६४ साल चैत्त २७ गते उनको गृहनगर राजपुरमा भएको बम विष्फोट घटनाका घाइतेहरुलाई जिउँदै जलाएको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार