निवर्तमान सभामुख महरालाई आज अदालत लगिने
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १४:५१:५३
२८ असोज, काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत उपस्थित हुने भएका छन् ।
थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो । दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ ।
उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
पीडित भनिएकी महिला रोशनी शाहीले किटानी जाहेरी दिएपछि अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ पुर्जि जारी गरी अनुसन्धान गर्न आदेश दिएको थियो ।
निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान दशैँभरि रोकिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार दशैँ बिदामा सरकारी वकिलको कार्यालय बन्द हुने भएकाले बिदा सकिएपछि मात्र महराको बयान आजबाट सुरु हुने भएको हो ।
काठमाडौंको सरकारी वकिल कार्यालय २६ गते आइतबारबाट खुल्ने भएपनि आइतबार सार्वजनिक बिदा भएकाले सोमबारबाट मात्र अदालत खुलेका छन् ।
महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसा आरोपमा मुद्दा चल्ने बुझिएको छ । मुलुकी अपराध संहिताअनुसार उक्त आरोप प्रमाणित भए महरालाई तीन वर्ष ६ महिनादेखि ५ वर्षसम्म कैद हुनसक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार