विश्वकप छनोट – नेपाल र जोर्डन भिड्दै
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १५:१२:५४
२८ असोज एजेन्सी । विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज ‘मंगलबार’ जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । नेपालले छनोट प्रतियोगिताको चौथो खेलमा जोर्डनसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल जोर्डनको अम्मान रंगशालामा हुनेछ ।
विश्वकप छनोट अन्तर्गत सन् २०११ को अक्टोबरमा भएको खेलमा नेपालले सोही रंगशालामा जोर्डनसंग ९–० को हार ब्यहोरेको थियो । नेपाल त्यही रंगशालामा पुन एक पटक जोर्डनसंग विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ ।
जोर्डनविरुद्व करिब ८ बर्ष अघि नेपाली टिमबाट खेलेका तीन खेलाडी अझैपनि राष्ट्रिय टिममा छन् । गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुन दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन् ।
फिफा वरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो । घरेलु मैदानमा जोर्डनले करिब ८ बर्षको प्रभाव पुन देखाउन खोज्नेछ ।
तर पछिल्लो समय प्रर्दशनमा क्रमिक सुधार गर्दै आएको नेपालको फुटबल टिम घरेलु टोलीविरुद्व कम्तिमा अंक खोस्ने प्रयासमा हुनेछ । जोर्डनले समुह चरणको पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो भने कुवेतसंग बराबरी खेलेको थियो ।एसियाली छनोट अन्तर्गत समुह डीमा रहेको जोर्डन ४ अंक बटुल्दै तेस्रो स्थानमा छ ।
त्यस्तै नेपाल भने पहिलो खेलमा कुवेतसंग ७–० ले हारेको थियो । लगत्तै चाईनिज ताईपेलाई २–० ले हराएको थियो । गत साता मात्र अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएको थियो ।
तालिकामा तीन अंक जोडेको नेपाल नेपाल चौथो स्थानमा छ । दुवै टोली अहिलेसम्म दुई पटक आमने सामने भएका छन् । पहिलो खेल जोर्डनले जितेको छ भने दोस्रो बराबरीमा टुङ्गिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार