क्यान निलम्बन सशर्त फुकुवा
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १५:१९:२०
२८ असोज, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ले नेपाल क्रिकेट संघ ‘क्यान’ को निलम्बन सशर्त फुकुवा गरेको छ ।
दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, आईसीसीले शर्तहरु भने खुलाएको छैन।यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ ।
‘दुबईमा सकिएको आईसीसी बोर्डको बैठकले जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ,’आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आईसीसीले क्यानको प्रगतिलाई ध्यानमा राख्दै सदस्यता प्रदान गरेको बताएको छ ।
‘नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाललाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछु, आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, ‘जसमा वित्तीय कोष पनि समावेश हुनेछ।’
आईसीसीले निलम्बन गरेको साढे ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर, आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।
काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।यस अघि नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । नेपाली क्रिकेट विवा सोहि विधानमा आधार हुँदै क्यानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
रवि दम्पतीलाई स्रोत नखुलेको सम्पती शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख जरिवाना
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार