अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १७:२७:१५
२८ असोज कास्की । पोखरामा यही असोज २९ गते अक्टोबर १६ मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन केएमइएको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताए ।
टिम इभेन्टमा नेपालका तीन विभागीय टोली तथा काठमाडौं, सुदूरपश्चिम र पोखरासहित २५ टोली र तथा चीनबाट दुई टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि चीनका दुई टोली तथा नेपालका टोली पोखरा आइपुगेको र व्यवस्थापकीय, सुरक्षालगायत सम्पूर्ण तयारी सकिएको उनले बताए।
व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहने छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहनेछन् । एकसय पाँच खेलाडीको सहभागिता रहने सो प्रतियोगिताका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिकाले संरक्षकत्व प्रदान गरेका छन् भने विभिन्न सङ्घसंस्थाले सहकार्य गरेका छन् ।दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट बिहान ९ बजे शुरू हुनेछ ।
दौडको दूरी २२ किमी, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको प्रतियोगिताका प्राविधिक संयोजक यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार व्यक्तिगत प्रतिष्पर्धामा भने ४० किमीको दौडमात्र रहेको र दौडका क्रममा धावकहरु एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्नेछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउनाका साथै चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् । कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमणको क्रममा यहाँको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको सन्दर्भमा दौडले अझ ठूलो महत्व राख्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले बताए ।
नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पु¥याउने र पर्यटकको बसाइँ लम्ब्याउन सहयोगी हुने उनको भनाइ थियो । प्रतियोगिता सम्पन्न गर्न रु ३४ लाख ६० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने
कात्तिक २५, २०८१ आइतबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार