कपनबाट जुवातास खेल्ने ९ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार १८:४०:२९
२८ असोज, काठमाडौं । धनुषामा सुन जस्तो देखिने धातुलाई सुन हो भनी क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्न खोज्ने ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत गोरखपुर डेबरिया लारसमेमपुर बस्ने ५५ वर्षीय राम कुमार बर्मा, ६० वर्षीया शान्ति देवी र ३५ वर्षीया सिमा देवी रहेका छन् । सुन जस्तो देखिने धातुबाट बनेका कानको रिङ ६ थान, टप ६ थान, औंठी १ थान र लकेट १ थान उक्त पसलमा विक्री गरी ठगी गर्न खोजेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौं महानगरपालिका-६ कपन भृकुटी चोक डेरा गरी बस्ने सपना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा सपना राई समेत ४ जनालाई नगद ७१ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-६ वौद्धस्थित नागेश्रर गल्लीमा ओखर ‘जुवा’ खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने ३७ वर्षीय डम्वर गुरुङ समेत ५ जनालाई नगद १ लाख ८९ हजार ८ सय २० रुपैयाँ र १८ वटा ओखर सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर महानगरपालिका-१७ मंगलबजार डेरा गरी बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय सुन्दर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ बस्ने २७ वर्षीय सत्य सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी गत २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
सुनसरी र डोटीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरी, कोशी गाउँपालिका-४ शिवचोक कटानस्थित सडकमा को.२२ प ८०४९ र को.२९ प ६८५३ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका को.२२ प ८०४९ नम्बर मोटरसाइकलका चालक उदयपुर तपेश्वर घर भएका ५० वर्षीय निरीराज बस्नेतको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेकोमा २ जनालाई थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर रिफर गरिएको छ ।
डोटी, शिखर नगरपालिका-६ चुडीस्थित सडकमा ग.१ ज ६१७० नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा जिपका चालक शिखर नगरपालिका-५ तिजाली बस्ने २१ वर्षीय केशव ओझाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जना यात्रुहरूको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका-६ सिमलटार राउत गाँउ बस्ने केशव प्रसाद खतिवडाको घरबाट नगद २ लाख रुपैयाँ र सुनको १ तोलाको तिलहरी समेत गरी करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ रातामाटा बस्ने सन्तोष सार्कीको घरमा उनकै भाइ बिनोद सार्कीले मादक पदार्थ सेवन गरी आगो लगाउँदा घर पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने बिनोद लाई अस्थायी प्रहरी चौकी भण्डारेघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।
कंचनपुर, वेलौरी नगरपालिका-३ वुट्टाबारी बस्ने नैन सिंह कामीको घर र गोठमा बिद्युतको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी कंचनपुर, शुक्लाफाँटा नगरपालिका-११ दिपनगर बस्ने प्रताप बिष्टको गोठमा मंगलबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार