सुली प्रशोधन गरी प्राङ्गारिक मल
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार २०:३२:२५
२८ असोज, चितवन । कुखुराको सुली प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन थालिएको छ । यहाँको अविनाश ह्याचरी प्रालिले तीन स्थानमा रहेका कुखुरा फार्ममा सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । यसअघि तीनै स्थानमा सुलीको दुर्गन्धका कारण स्थानीय आन्दोलित बनेका थिए ।
ह्याचरीले जर्मनी प्रविधि नेपालमा भित्र्याएर कुखुराको सुलीलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन थालेको हो । यस मललाई केही दिनमानै बजारमा ल्याउने जनाइएको छ ।
नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका पोल्ट्री फार्ममा उपकरण जडान गरिएको हो । भरतपुर महानगरपालिका–१६ को शरणपुर, वडा नम्बर १८ को गाँजीपुर र नवलपुरको बेल्डियामा रहेका कुखुरा फार्ममा ती उपकरण जडान गरिएको विष्टले जानकारी दिए ।
विष्टका अनुसार पहिलो चरणमा कुखुराको सुलीलाई खोरबाट प्रशोधन केन्द्रमा पु¥याएर सुकाएर गन्ध हटाउने गरिन्छ । सो पश्चात् सुलीलाई प्रशोधन गरी प्राङ्गारिक मल बनाइन्छ । यसरी उत्पादित मललाई प्याकेजिङ गरी कृषकको पु¥याउने लक्ष्य राखिएको छ । यो मल विशेष गरी केरा, चिया र अलैँची खेतीमा प्रयोग गरिने उनले जानकारी दिए ।
यसरी प्रशोधन गरिएपछि वातावरणमा समेत असर नहुने गरी त्यसको गन्धलाई समेत हटाएर बाहिर ल्याइने उनको भनाइ छ । अहिले कुखुरापालक कृषक तथा व्यवसायीलाई सुली व्यवस्थापन निकै कठिन हुने गरेको भन्दै उहाँले यो प्रविधिबाट राहत महसुस हुने बताए ।
ह्याचरीका तीन स्थानमा रहेका फार्ममा दैनिक तीन-तीन ट्र्याक्टर सुली उत्पादन हुँदै आएको छ । गाँजीपुरमा एक लाख लेयर्स, शरणपुरमा ६० हजार लेयर्स प्यारेन्ट र वेल्डियामा ९० हजार ब्रोइलर प्यारेन्ट रहेका छन् । त्यसबाट दैनिक २० देखि ३० टन प्रशोधित मल उत्पादन हुने विष्टले जानकारी दिए । यस प्रशोधन उपकरणले दैनिक १५० टनसम्म मल उत्पादन गर्नसक्ने उनले बताए।
नेपालमा पहिलोपटक भित्र्याइएको भनिएको ती उपकरण रु १५ करोडमा जडान गरिएको विष्टले जानकारी दिए । सो प्रविधिको गाँजीपुरमा रहेको उपकरणबाट उत्पादन थालनीको औपचारिक शुभारम्भ सोमबार साँझ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार