तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार २१:०:१२
२८ असोज, चितवन । पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यूस्टार, सौराहा, पिठूवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।
आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मूल संयोजक पुष्पराज जोशीले जानकारी दिए । पुम्सेतर्फ पुरुषको चार र महिलाको चार गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।
देशभरबाट ४०० खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर पुरुषतर्फ छ र सिनियर महिलातर्फ चार तौल समूहमा प्रथम हुने खेलाडीबीच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र दुई जना महिला खेलाडीलाई जनही रु एक-एक लाख पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिए ।
यस्तै अन्य उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट समूह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद रु २५-२५ हजार पुरस्कार प्रदान गरिने छ ।
विजेता खेलाडी अमेरिकाको इस्टन मिसिगन विश्वद्यिालयमा सन २०२० को मे १ र २ मा हुने १३ औँ अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता, नेपाल र चीनका खेलाडी सहभागी हुने
कात्तिक २१, २०८१ बुधबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
विश्वकप लिग–२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित
कात्तिक १८, २०८१ आइतबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार
रानिमत्तामा गाडी दुर्घटना हुँदा चारको मृत्यु, २५ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार
कात्तिक २३, २०८१ शुक्रबार
हवाई कम्पनीले बढाएको भाडा नियन्त्रण गर्न पर्यटनमन्त्रीले श्रम र परराष्ट्रमन्त्रीसँग मागे सहयोग
कात्तिक २३, २०८१ शुक्रबार