तोडफोड गर्ने साह पक्राउ
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार २१:२५:५२
२८ असोज, काठमाडौं । कानून निर्माण गर्ने दायित्व प्राप्त व्यक्ति नै कानून उल्लघंनमा सकृय हुन थालेपछि जनमानसमा त्राश उत्पन्न हुनु स्वभाविक हो ।
हिजोमात्रै जनकपुर विमानस्थलमा तोडफोड गरी चर्चामा आएका सांसद् प्रमोद साह आज पक्राउ परेका छन् । विधायक नै कानून उल्लघंनमा उत्रिएकाले सरकार विरुद्ध आक्रोश बढेको थियो । सांसद् साह पक्राउ परेपछि सर्वसाधरणमा कानूनी राज्यको अवधारणा थोरै भएपनि जीवित रहेको अनुभूति भएको छ ।
तोडफोडपछि सांसद् साहले आफूले राम्रो गरेको प्रतिक्रिया पत्रकारहरुलाई दिएका थिए । आज विहान उनी काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ओखलढुंगाका लागि उड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको हो ।
सांसद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखेपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको साहले स्वीकारेका छन् । विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद् साहलाई उक्त जहाजले काठमाडौं ल्याउन मानेको थिएन ।
तर स्थानीय प्रशासनको दवावमा उनी सोही जहाजमा काठमाडौं आएका थिए । तोडफोड गर्ने साह विरुद्ध जनकपुरस्थित बुद्ध एयर स्टेसनका तर्फबाट उजुरी परेको थियो । जिल्ला अदालत धनुषाले सांसद् साहलाई पक्रन अनुमति दिएपछि आज पक्राउ परेका हुन् । निजी क्षेत्रका वायुसेवा सञ्चालक संघ (आयोन) ले सांसद् साहमाथि कारबाही गर्न सरकार समक्ष ७ दिने अल्टिमेटम दिएको थियो ।
राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित साहको पक्राउप्रति पार्टीले असन्तुष्टि जनाएको छ । सर्लाहीबाट निर्वाचित साहको गिरफ्तारीप्रति राजपा महासचिव केशव झाले विरोध जनाएका छन् । पक्राउ परेका साहलाई जनकपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार