आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार २१:३३:१२
२८ असोज, रौतहट । १२ बर्ष अघिको बम काण्डमा पक्राउ परि निलम्बनमा परेका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मो. अफताव आलमलाई मंगलबार जिल्ला अदालत रौतहटले सात दिनको म्याद थपेको छ ।
न्यायाधीश चित्र बहादुर गुरुङको इज्लासले असोज २६ गतेदेखि लागू हुने गरि अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको हो । आलम रौतहट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका आलममाथि २०६४ साल चैत्त २७ गते उनको गृहनगर राजपुरमा भएको बम विष्फोट घटनाका घाइतेहरुलाई जिउँदै जलाएको आरोप छ ।
प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको मात्रै म्याद थप गरेको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए । नेता आलमलाई आइतबार प्रहरीले उनकै गृह जिल्लाबाट पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार