आजदेखि वाग्मतीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु हुने
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १२:११:४८
२९ असोज, ललितपुर । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा बुधबारदेखि पहिलोपटक अध्यक्षकप फुटबल प्रतियोगिता हुन लागेको छ ।
वाग्मती खेलकूद विकास समिति र सो गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही असोज २९ गतेदेखि आगामी कात्तिक ६ गतेसम्म आठ दिन चल्ने भएको छ ।
सो गाउँपालिका–४ प्युटारको खयरघारीमा हुन लागेको प्रतियोगितामा वाग्मतीका ११, कोञ्ज्योसोम गाउँपालिकाका–२ र बकैया गाउँपालिका मकवानपुरका पाँच गरी कूल १८ टोलीको सहभागिता रहने गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन तामाङले जानकारी दिए ।
“यो प्रतियोगिताले मुलुकमा खेलकूद विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाको प्रतिभा उजागर गर्न सहयोग पु¥याउनेछ”, अध्यक्ष तामाङले भने, “हामीले यस प्रतियोगितालाई भव्यताका साथ अघि बढाउन खुलारुपमा इच्छुक व्यक्तिको निवेदन आह्वान गरेका थियौँ ।”
सो प्रतियोगितामा प्रथम हुने विजेतालाई रु एक लाख, द्वितीय हुने विजेतालाई रु ५० हजार र सान्त्वना पाउने दुई टोलीलाई रु २०-२० हजारसहित शिल्ड, पदक, प्रमाणपत्र र कदरपत्र दिइने कार्यक्रमका संयोजक बुद्धराज नेगीले जानकारी दिए । “हामीले ठूलो धनराशिको पुरस्कार राखेर प्रथमपटक यो प्रतियोगिता आयोजना गर्न लागेका हो,नेगीले भने, “स्थानीय कलाकारको सीपलाई प्रदर्शन गर्न खेलकूदको साथमा कराते प्रतिभा पनि देखाउने भएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
रवि दम्पतीलाई स्रोत नखुलेको सम्पती शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख जरिवाना
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार