साँझ पर्ने बित्तिकै गाउँमा हात्ती पस्न थालेपछि स्थानीयवासी त्रसित
नेपालबहस संवाददाता
असोज २८, २०७६ बुधबार १:५१:३५
२८ असोज, भद्रपुर । किसानले खेतमा लगाएको धान पाक्न थालेसँगै झापामा हात्ती साँझ पर्ने बित्तिकै गाउँ पस्न थालेपछि स्थानीयहरु अत्तालिन थालेका छन् । मेचीनगर नगरपालिकाको वडा नम्बर १४ र १५ मा साँझ पर्ने बित्तिकै आधा दर्जन हात्ती हुल बाँधेर आउने र किसानको खेतमा पसेर धान खाने गरेको उनीहरुको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले सामाजिक सञ्जालमै हात्तीले धान खाइरहेको तस्बिर राख्दै हात्तीको बिगबिगीबाट जोगाउन सरकार र स्थानीय सरकारसँग दीर्घकालीन उपाय खोजिदिन आग्रह गरेका छन् ।
दिनभर सामुदायिक वनमा बस्ने र साँझ पर्नासाथ गाउँ पस्ने हात्ती बिहान ७ बजेसम्म किसानले लगाएको धान, फलफूललगायतका बालीमा रमाउने गरेको उनको भनाइ छ । उनले भने, “धान त खायो खायो मान्छेको ज्यान नै जोखिममा छ, तत्काल समाधान नखोजे ठूलो मानवीय क्षति हुनसक्छ ।”
नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले सामाजिक सञ्जालमै ‘गणेशले गाह्रो पारे, साँझ परेपछि चारआली–चन्द्रगढीको बाटो हिँडे हात्तीको आक्रमणमा परिने भयो’ भनेर लेखेका छन् ।
मेचीनगर–१४ का स्थानीयवासी अनिल ढुङ्गानाले ‘पाकेको धान जति सबै हात्तीले खाएपछि अब के खाने’ भनेर किसान चिन्तित भएको बताए । उनका अनुसार सो क्षेत्रमा मात्र किसानले लगाएको करीब तीन बिघा जमिनको धान हात्तीले खाइसकेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले हात्तीको दीर्घकालीन समाधान गर्न समस्या भइरहेको बताए । उनले वनजङ्गल मासिँदै गएका कारण हात्ती आहारको खोजीमा गाउँ पस्न थालेको बताउँदै भने, “सामुदायिक वनहरुले हात्तीको आहारको रूपमा केरालगायतका फलफूल लगाइदिने हो भने गाउँपस्ने क्रम कम हुने थियो ।”
उनका अनुसार बाहुनडाँगीमा लगाइएको सोलार फेन्सिङले भारतीय जङ्गलबाट हात्ती आउने क्रम रोकिएको छ । झापाकै वनमा रहेका १३ वटा रैथाने हात्ती रोक्नका लागि सोलार फेन्सिङ भइरहेको जानकारी दिँदै उनले भने, “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रेडियो कलर हात्तीको घाँटीमा जडान गरिदिए ऊ भएको क्षेत्र थाहा हुने र त्यहीअनुसारको सुरक्षा प्रदान गर्न हामीलाई सजिलो हुने थियो ।” उनले विभागमा यसबारे पटकपटक अनुरोध गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार