आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कात्तिकमा
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १४:४९:०
२९ असोज, काठमाडौं । आगामी कात्तिक २६ देखि २८ गतेसम्म नेपालमा आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आप्रवासी कामदारको मानवअधिकारको संरक्षण, रोजगारीको सुनिश्चितता, काम गर्ने वातावरणको बारेमा छलफल गर्न सम्मेलनको आयोजना गर्न लागिएको हो ।
सम्मेलनको तयारीबारे आज राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारी र गृह मन्त्रालयका सचिव प्रेमकुमार राईबीच छलफल भएको छ । छलफलमा सम्मेलनका सहभागीहरूको सुरक्षा तथा प्रवेषाज्ञा प्रक्रियालगायत अन्य आवश्यक व्यवस्थापन सम्बन्धमा मन्त्रालयका सचिव राईलगायतको टोलीसँग कुरा भएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।
छलफलमा आयोगका सदस्य सुदीप पाठकले सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूको सुरक्षा, प्रवेषाज्ञा प्रक्रियाका लागि आवश्यक व्यवस्था मिलाउन सचिव राईसँग आग्रह गरे । सो क्रममा गृहसचिव राईले सम्मेलनमा सहभागीहरूको सुरक्षा, प्रवेषाज्ञा प्रक्रिया सम्बन्धमा आवश्यक सहयोग गर्ने बताए ।
आयोगका सदस्य पाठकका अनुसार सम्मेलनमा विभिन्न देशका मानवअधिकारमा काम गर्ने राष्ट्रिय संस्थाको अन्तरराष्ट्रिय सङ्गठन ‘ग्लोबल एलाइन्स फर नेशनल ह्युमन राइट’ का अध्यक्ष, मानवअधिकार राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी निकायका प्रतिनिधिहरू, विज्ञ र नागरिक समाजका प्रतिनिधिसहित ३२ देशका ४५ जना विदेशी र नेपालका ४५ जनाको सहभागिता हुने जनाइएको छ । सम्मेलन यसअघि सन् २०१२ मा समेत आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार