आगामी कात्तिकमा पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १४:५९:३
२९ असोज, काठमाडौं । ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियानअन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुने सो सम्मेलनमा ८० भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख र क्षेत्रीय सङ्गठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको पनि सम्मेलनमा सहभागिता रहने राष्ट्रिय योजना आयोगले जनाएको छ ।
आगामी कात्तिक १८ देखि २१ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वका एक हजारभन्दा बढी सहभागीले न्यूनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि भइरहेका प्रयासबारे छलफल गर्नेछन् ।
सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रूपान्तरणकारी सरकारी प्रतिबद्धतालाई कार्यान्वयन गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ । सम्मेलनले पोषणक्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालालाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सीमित गर्दै दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्ने आयोगका प्रवक्ता डा किरण रूपाखेतीले जानकारी दिए ।
सन मुभमेन्टको शुरुआती चरणको सदस्यकै रूपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार