एनआरएनएको नयाँ नेतृत्वका लागि पन्त र आचार्य समूह प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १७:१५:३६
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को नयाँ नेतृत्वको लागि बुधबार चुनाव हुँदैछ । नयाँ नेतृत्वको लागि दुई समूह कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुन लागेको हो ।
पन्त समूहबाट उपाध्यक्षमा रसियाबाट डा. बद्री केसी, अफ्रिकाबाट हिक्मत थापा, अमेरिकाबाट सोनाम लामा, बेल्जियमबाट अर्जुनकुमार श्रेष्ठ र अष्ट्रेलियाबाट धर्मराज अधिकारी प्रतिस्पर्धामा छन् ।
यस्तै पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा। हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि बेल्जियमका शिवकुमार बरुवाल र मध्यपूर्वका राजेन्द्रकुमार शर्मा मध्ये एकलाई लैजाने तयारी भैरहेको छ ।
संघका अहिलेका उपाध्यक्ष कुल आचार्यको समूहबाट पाँच उपाध्यक्षमा अमेरिकाबाट डा। केशव पौडेल, अष्ट्रेलियाबाट मन केसी, मध्यपूर्वबाट नरेन्द्र भाट र अमेरिकाबाट रबिना थापालाई अगाडि सारिएको छ ।
यस्तै महासचिवमा बेल्जियम बस्ने व्यवसायी जानकी गुरुङलाई अघि सारिएको छ । गुरुङ एनआरएनएकी वर्तमान सचिव छिन् । चुनावका लागि झण्डै २५ सय मतदाता सहभागी हुनेछन् । संघको नयाँ नेतृत्वका लागि हरेक दुईरदुई वर्षमा चुनाव हुने गरेको छ । सम्मेलनमा ८१ देशका प्रतिनिधि सहभागी छन् ।
८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य भिड्दै छन्।पन्त जर्मनीमा व्यवसाय गरिरहेका छन् भने आचार्य बेलायतमा व्यवसाय गरिरहेका छन् । महाधिवेशनमा करिब २५ प्रतिशतले विद्युतीय मतदान गरी संभवत आजै साँझ उनीहरुमध्ये एकलाई अध्यक्ष बनाउने तयारी छ ।
मतदान साँझ ५ बजे देखि राति १० सम्म होटल हा्यातमा हुने छ। निर्वाचन समितिका अनुसार मतदान सकिएको करिब एक घण्टाभित्रमा नै मतगणना सुरु हुने र आज नै सम्पूर्ण नजिता आउने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार