मेक्सिकोमा सुरक्षाकर्मीमाथि भएको हमलामा पन्ध्रको मृत्यु

नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १७:३५:३३

२९ असोज, काठमाडौं । दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।
मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् । मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको बताइएको छ । उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् ।
उक्त गुुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिए । तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् ।
उनले उक्त राज्यमा सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरुमाथि सशस्त्र समूहका सदस्यहरुले गोली आक्रमण गरेका थिए ।
उक्त राज्यको पश्चिमी नगर आउगनियामा केही दिन मात्र अघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृतको हत्या गरेको केही दिनपछि मङ्गलबार अपरान्ह फेरि यो अर्को घटना भएको बताइएको छ ।
गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो । यहाँ कम्तीमा पनि २० ओटा सशस्त्र समूहहरुले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ ।
उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । सोही कारण उक्त राज्यमा सुरक्षाकर्मीहरुमाथि हमला हुने यस्ता हिंसात्मक घटनाहरु प्रायः हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार