सेनाको ‘सम्मान गारत’ लिएर राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १८:४७:१९
२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने छिन् ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत सहभागि भएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री खड्गप्रसाद ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए ।
सो अवसरमा मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा आज भने हेलिकप्टरमार्फत विमानस्थल पुगेकी थिइन् । सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार
गीतमय बन्यो संसद, प्रधानमन्त्रीलाई एमालेको जवाफ ‘तिमीले पराई ठानेपछि’
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार