ऐतिहासिक महत्वका सम्पदा पुनःनिर्माणमा सरकार उदासिन
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १९:९:२२
२९ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भएको थियो । ४ वर्षको अवधिमा सरकारले चाहेको र प्राथमिकतामा राखेर काम गर्न सकेको भए आज यो भताभुङ्गको अवस्था देखिने थिएन । सरकारले चाह्यो भने रातारात बाटो, र पार्क निर्माण हुन्छन् तर सरकारले वेवास्ता गर्यो भने वर्षैंसम्म पनि कुनै काम हुँदैन ।
जसरी चिनियाँ राष्ट्रपति नेपाल आउँदा रातारात नक्कली विकास देखियो, सरकारले ४ वर्षको समयमा चाहेको भए र गरेको भए जस्तासुकै जटिल काम पनि सहजै हुनेमा दुई मत छैन तर नेपाल सरकार काम गर्ने कुरामा धेरै नै चुकिसकेको छ ।
प्रतिनिधि घटनामध्येको थापाथली स्थित गोपाल मन्दिर पनि एक हो । भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो । त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले । भूकम्पको चार वर्ष बित्यो । तर अझै मन्दिर बन्ने नबन्ने निश्चित छैन । मन्दिरको रेखदेख गर्ने जिम्मेवारी पाएको गुठी संस्थान जिल्ला शाखा काठमाडौंका निमित्त कार्यालय प्रमुख नारायणभक्त श्रेष्ठ पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र संस्थानका बीच पुनःनिर्माणका बारेमा त्रिपक्षीय कुराकानी भइरहेको बताउँछन् ।
शाखाको भवन नै भूकम्पले क्षतिग्रस्त भएपछि बजेटको अभावमा बनाउन नसकिएको पनि उनले सुनाए । महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार विभागले नै मन्दिर पुनःनिर्माण गर्ने गरी कुराकानी भइरहेको सुनाउछन् । मन्दिर पुनःनिर्माण गरिदिने दाता आउँदा विभागले नक्साको डिजाइन नगरेकाले काम हुन नसकेको उनले बताए । नक्सा डिजाइन नै नभएपछि दाता फर्किए ।
विसं १९४० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले मन्दिर निर्माण गराएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । जङ्गबहादुरले बझाङी राजाको छोरी ल्याएपछि दरबारमा रानीहरूले भित्र्याउन दिएनन् । त्यसपछि प्रधानमन्त्री जङ्गबहादुरले वाग्मती नदी किनारमा गोपाल मन्दिर निर्माण गरी पुजारीका रूपमा राखेको इतिहास रहेको पुजारी केदारनाथ पौडेलले बताए ।
ती रानीले जीवनकालभर मन्दिरको पूजा आजा चलाएको किंबदन्ती छ । रानीले अन्तिम समयमा ‘अबदेखि कुनैपनि महिला यो मन्दिरमा नछिर्नु, छिरे राम्रो हुँदैन’ भनी श्राप दिएपछि ब्राह्मण पुजारीको व्यवस्था गरिएको हो । त्यसपछि हालसम्म पनि महिला यो मन्दिरमा छिरेका छैनन् ।
मन्दिरको पूजा खर्च चलाउन नुवाकोट, धादिङ, भक्तपुर र ललितपुरमा गरी करिब ६० रोपनी जग्गा गुठीका रूपमा राखिएको थियो । त्यहाँबाट आउने धान राख्न मन्दिरको पूर्वी भागमा धान गोदाम पनि निर्माण गरिएको छ । भूकम्पले धान गोदाममा पनि क्षति गरेको छ । यो भवन पुनःनिर्माणको पनि टुङ्गो छैन ।
गुठी जग्गाबाट धानको सट्टा पैसा आउन थालेपछि १० वर्ष अघिदेखि धान गोदामलाई पुजारी पौडेलको आवासगृह बनाइएको थियो । भूकम्पले क्षति गरेपछि पुजारी पौडेललाई अर्को भवनमा सारिएको छ । पुजारीलाई पहिले वार्षिक ११ मुरी धान दिने गरिएकामा हाल एक मुरी धान बराबर रु एक हजार ५०० पारिश्रमिक दिइन्छ ।
मन्दिरको पश्चिम दक्षिण भागको सत्तल भने विसं २०४२ देखि नै नेपाल अन्धा कल्याण सङ्घ नामको सामाजिक संस्थालाई दिइएको छ । यो भवनमा हाल नेपालकै पहिलो ब्रेल पुस्तकालय सञ्चालनमा छ । पुस्तकालयमा १८ हजार दृष्टिविहीनले अध्ययन गर्न सक्ने ब्रेल माध्यमका पुस्तक राखिएको कार्यक्रम अधिकृत फौज कार्कीले बताए ।
यो सत्तल जीर्ण भएपछि सङ्घले विभागको स्वीकृति लिएर अत्याधुनिक भवन बनाएको पनि उनले जानकारी दिए । विसं २०७२ पछि संस्थाको नाम परिवर्तन गरी नेपाल दृष्टिविहीन सङ्घ बनाइएको छ । हाल १५ जिल्लाका दृष्टिविहीनका लागि ब्रेल माध्यमका पुस्तक उपलब्ध गराउनेलगायत कार्यक्रम चलाइएको पनि कार्कीले बताए । पूर्णप्रसाद मिश्रकाे सहयाेगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार