नेपाल चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल भारत प्रस्थान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार २२:१५:४
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२९ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको व्यापारिक प्रतिनिधीमण्डल “नयाँ दिल्ली रिर्भस बायर सेलर मिट २०१९” र “भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९” गोवामा सहभागि हुन भारत प्रस्थान गरेको छ ।
भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने सो कार्यक्रममा भाग लिन चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय प्रतिनिधी मण्डल नयाँ दिल्लीमा र ३८ सदस्यिय प्रतिनिधीमण्डल गोवामा आज विहान प्रस्थान गरेको छ । स्मरणीय छ १७ वटा रोड सो विभिन्न मुलुकमा गरि १८ औं गोवा एक्स्पो रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले गत भदौमा नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो ।
नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९”मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको छ ।
गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुने छ । सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायी सो एक्स्पोमा भाग लिन आज गोवातर्फ प्रस्थान गरेको छ ।
गोवामा हुने सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भूपरिवेष्ठित विकाशोन्मुख मुलुकहरुमा देखिएका अवसर र चूनौती विषयमा प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
नयाँ दिल्लीको प्रतिनिधिमण्डलमा चेम्बरका सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरुको सहभागिता रहेको छ भने गोवाको प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवसायीहरु, प्रदेश ५ का संसद सदस्य भोजप्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार
वन्यजन्तुलाई पानी खान जङ्गलमै पोखरी
असार २४, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
असार २४, २०८१ सोमबार
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी
असार २४, २०८१ सोमबार
प्रजनन प्रक्रियामा रहेका सर्प
असार २४, २०८१ सोमबार
रौतहटमा पाँच लाख बढीको अवैध सामान बरामद
असार २४, २०८१ सोमबार