उपनिर्वाचनको मिति नजिकिएसँगै भक्तपुरमा चुनावी सरगर्मी शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार २३:१७:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/nirwachan-2_Y8qN3shDou.png)
२९ असोज, काठडमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ ।
प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ । उक्त स्थानका लागि निर्वाचनको मिति तोकिएसँगै राजनीतिक दलहरूमा उम्मेदवारका लागि व्यापक छलफलसमेत शुरु भएको छ ।
यस क्षेत्रमा नेकपा र नेपाली कांग्रेसमा उम्मेदवारका आकांक्षीहरू बढेका छन् भने नेपाल मजदूर किसान पार्टीले निर्वाचनका बारेमा हालसम्म कुनै चर्चा चलाएको छ्रैनन् । आगामी निर्वाचनमा नेकपाबाट रमेश बुढाथोकी, निरञ्जन बजगाई, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, श्रीभक्त कासीछ्वा, शम्भु दाहाल, दामोदर दङ्गाल, निर्मला लामिछाने, कृष्णमुरारी खनाल र देवीप्रसाद (डिपी) ढकाल टिकट ल्याउने दौडधुपमा लागेका छन् ।
बुढाथोकी, बजगाई, कासिछवा, दङ्गाल व्यवसायी हुन् भने लामिछाने हरिशरण लामिछानेका पत्नी हुन् । त्यस्तै दाहाल र खनाल कानून व्यवसायी एवं चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहाकार समेत हुन भने ढकाल पूर्वमाओवादीका नेता हुन् । नेकपाभित्र १० जनाले उम्मेदवारी दाबी गरिरहँदा ढकाल पूर्वमाओवादी र अन्य नौ जना पूर्वएमालेका हुन् ।
आगामी निर्वाचनमा नेकपाबाट आफ्नो उम्मेदवारी रहने सञ्चारकर्मीलाई जानकारी गराउँदै यी आकांक्षी नेताले टिकट लिनका लागि शक्ति केन्द्र एवं पहुँचवाला नेताहरू कहाँ धाउन थालेका छन् । लामिछानेले पतिको शोकलाई शक्तिमा बदल्न उम्मेदवारी दाबी गरेकी छिन् भने मोहनवीर श्रेष्ठले पार्टीले पुरानालाई मौका दिनुपर्ने बताउँदै आएका छन् । बुढाथोकी तथा बजगाईले भने युवालाई अबको नेतृत्व दिनुपर्ने बताउँदै आएका छन् ।
यता कांग्रेसमा पनि पुराना तथा नयाँ नेताहरूले पार्टीले आफूलाई टिकट दिने दाबी गर्ने आकांक्षीहरू बढेका छन् । कांग्रेस राजनीतिमा लामो समय सक्रिय रहेको तर अवसर नपाएको भन्दै तरुण दलका पूर्वअध्यक्षसमेत रहेका विनोद कायस्थले यसपटकको उपनिर्वाचनमा पार्टीले आफूलाई टिकट दिनेमा विश्वास व्यक्त गर्दै चुनावी रणनीतिमा लागिसकेको बताएका छन् । उनले चुनावमा पार्टीलाई विजयी गराउन आफू आवश्यक तयारीका साथ चुनावी क्षेत्रमा कार्यकर्तासँग भेटघाट बढाएको बताएका छन् ।
कांग्रेसमा पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट नारायणमान बिजुक्छेसँग चुनाव लडेका कृष्णलाल भडेलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् भने यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सदस्यमै उम्मेदवारी दिएका जीवन खत्रीले पनि पुनः उम्मेदवारी दाबी गरेका छन् ।
त्यसैगरी कांग्रेसबाट मनोजकुमार थापा, हरि नेपाल, जगन्नाथ कार्की, राजाराम खड्का, सुरेश श्रेष्ठ, यादव अधिकारी, किरण न्यौपानेले पनि उम्मेदवारी दाबी गरेका छन् । भडेल र खड्का व्यवसायी हुन् भने मनोजकुमार थापा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति एवं रेडक्रस केन्द्रीय सदस्य समेत हुन् । न्यौपाने भने कानून व्यवसायी हुन् ।
यता राप्रपा संयुक्तबाट रवीन्द्रप्रताप शाह, रामशरण लामिछानेले उम्मेदवारी दाबी गरेका छन् भने राप्रपाबाट माधव खत्री, उत्तम बाटी, राममणि न्यौपानेले उम्मेदवारी दाबी गरेका छन् । विवेकशील साझाबाट कालिचरण कार्की र सुरज प्रधानले दाबेदारी गर्दै आएका छन् ।
सबैको चासो रहेको नेमकिपाबाट भने कसैको नाम सार्वजनिक भएको छैन भने पार्टीको आधिकारिक निर्णय नभई कोही पनि आकांक्षीको नाम सार्वजनिक नगर्ने पार्टीले जानकारी दिएको छ । निर्वाचन नजिकिँदै आए पनि नेकपा, कांग्रेस, नेमकिपा भने निर्वाचनको रणनीतिक योजनामा लागेको छ । नेकपा जिल्ला अध्यक्ष वचन देउजाले आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिक योजनामा लागेको बताए ।
कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनमा कसरी जित हासिल गर्ने भन्नेबारेमा छलफल शुरु गरेको बताए । नेमकिपाले पनि आन्तरिक तयारी थालेको बताइएको छ । पार्टीहरूमा आन्तरिक तयारी थालेपछि र उम्मेदवारका आकांक्षीहरू बढेसँगै निर्वाचन हुने क्षेत्रमा चुनावी माहोलसमेत बढेको छ । रमेश गिरीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
असार २८ गते विश्वासको मत लिन प्रधानमन्त्रीले संसद सचिवालयमा पठाए पत्र
असार २१, २०८१ शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बन, आचारसंहिता उल्लंघन गरेको आरोप
असार २१, २०८१ शुक्रबार
अशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता
असार २१, २०८१ शुक्रबार
सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
असार २१, २०८१ शुक्रबार