सन्दीप लामिछाने १ लाख पाउण्डमा बर्मिङ्घममा अनुबन्धित
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १४:५७:४३
३० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले यस सिजन कर्नाटका टुसकेर्सबाट टी-१० क्रिकेट लिग खेल्ने भएका छन् ।
युनाइटेड अरब इमिरेट्स ‘युएई’ मा हुने टी-१० लिगका लागि जारी ड्राफ्टबाट लेग स्पिनर सन्दीपलाई कर्नाटकाले पहिलो चरणमा लिएको छ । विदेशी कोटामा अनुबन्धित भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपको टिम कर्नाटकाको आईकोनिक खेलाडीमा दक्षिण अफ्रिकाका हसिम अमला रहेका छन् ।
सन्दीपले गत सिजन केरला किङसबाट खेलेका थिए । आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ । सन्दीप हालै इंग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका थिए । ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।
एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ । सन्दीप विदेशी कोटामा ड्राफ्टमा परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार