मध्यरातमा विप्लवका दाजुसहित पक्राउ पर्ने २१ जना नेताकार्यकर्ताकाे [ नामावली ]
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १७:१७:५९
३० असोज, काठमाडौं । दाङ प्रहरीले मध्यरातमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्यूरो बैठकबाट विप्लवका दाजुसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सुचना पाएपछि प्रहरीले बैठकस्थल कब्जा गरेको हो ।
पक्राउ पर्नेमा विप्लवका दाई केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, दाङ इन्चार्ज सबिन पोख्रेलसहित २१ जना रहेको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी सुरेशबिक्रम शाहले बताए ।
डीआईजी शाहका अनुसार राती १ बजे विप्लव समूहको बैठक बसिरहेको गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेको पूरा विवरण
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल–वुद्धिजिवी
९) एकराज चौधरी -एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) -एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी
११) तिलक पुन -पूर्व जनमुक्ति सेना
१२) सुरज विक -दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका -पार्टी सदस्य
१४) पोष्टमान घर्ती -रोल्पा जिल्ला
१५) अमित घर्तिमगर
१६) बालकृष्ण शर्मा
१७) जीत क्षेत्री
१८) रमेश आचार्य
१९) कुलबहादुर वली
२०) बिष्णु थापा र दलबहादुर खत्री पक्राउ पर्नेका हुन् ।
र याे पनि……विप्लवका दाजुसहित २१ जना उच्चस्तरीय नेताकार्यकर्ता प्रहरीद्धारा गिरफ्तार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार