नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवाबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार २१:४९:५५
३० असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भाइब्रेण्ट गोवा फाउण्डेशनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा हिजो भारत गएको प्रतिनिधिमण्डलले द्धिपक्षिय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सो सम्झौता गरेको हो ।
भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठले आज गोवामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । भाइब्रेण्ट गोवा २०१९ को समुद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तको समुपस्थितीमा भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुबै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएस्को छ ।
भाइब्रेण्ट गोवा फाउण्डेशनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ को आयोजना गरेको र यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता रहेको छ । हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ ।
सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रबद्र्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने संभावनामा जोड दिए ।
भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे ।
सो समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापरीक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक-औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने कूरा समेत उल्लेख गरिएको छ ।
३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवसायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोजप्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
सरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार