गण्डकी प्रदेशको मुख्य लाईफलाईनका रुपमा नवलपुर :– मुख्यमन्त्री गुरुङ्ग
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार २३:८:१९
मिना कंडेल
३० असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ्गले नेपाल भ्रमण बर्ष २०२० भ्रमण बर्षमा लाखौं पर्यटक भित्रयाउन प्रदेश सरकार लागि परेको बताएका छन् । पूर्बी नवलपरासीको कावासोती नगरपालिका १० रतवलमा चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टेको विहिवार एक समारोह बीच उद्दघाटन गर्दै मुख्य मन्त्री गुरुङंले सो कुरामा जोड दिएका हुन् ।
उनले प्रदेश सरकार नवलपुरको बिकासका लागि लागि परेको भन्दै यहाँका हरेक विकासमा प्रदेश सरकारको मुख्य सहयोग हुनेमा पनि विश्वस्त रहन आग्रह गरेका थिए । गण्डकी प्रदेशको मुख्य लाईफलाईनका रुपमा रहेको यो जिल्लाको बिकास सँग संगै प्रदेशको बिकास सम्भब हुने भएकाले नवलपुरको बिकास का लागि प्रदेश सरकार अत्यन्त सम्बेदनशील भएर लागेको बताए ।
नवलपुरमा संचालनमा आएका सात वटा होमस्टेले यहाँ पर्यंटक ल्याउनका लागि सबै भन्दा ठुलो भूमिका रहनेमा जोड दिए । उनले नवलपुरमा रहेको नारायणी नदी आसपास रहेका होमस्टे र होटलहरुले यहाँको पर्यटनका लागि सहज हुने भएकाले सबैले भ्रमण बर्षलाई लक्षित गरि अघि बढेमा गण्डकी प्रदेशमै सबै भन्दा बढि पर्यटक भित्रयाउन सकिने बताए । मुख्य मन्त्री गुरुगंले गण्डकी प्रदेश लाई समृद्ध प्रदेश बनाउन नवलपुर जिल्लाको भूमिका ठुलो हुने भएकाले समृद्धिको हिसाबले पनि यो जिल्लाको बिकास अपरिहार्य रहेकोमा जोड दिए । यो जिल्लालाई मुख्य औद्योगिक जिल्लाका रुपमा अघि बढाउन सकियो भने यो प्रदेशको बिकास र आर्थिक प्रगतिको हिसाबले अन्य प्रदेशहरु भन्दा अघि आउने उनले बताए ।
गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा यहाँ रहेका १३ घरमा घरबास स्थापना गरिएको छ । थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रमा घरबास स्थापना गरिएको हो ।
घरबास स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रु. १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नम्बर–१०,का वडा अध्यक्ष टेक नारायण महतोले बताए । प्रदेश सरकारको लागतमा सास्कृतिक भवन निर्माण गरिएको छ । १३ वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकै पटक बस्न सक्ने वडा अध्यक्ष महतोले बताए । चिलाहा रतौल सामुदायिक ग्रामिण घरबासको रुपमा थारु समुदायले घरबास स्थापना गरेका हुन ।
मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरबास स्थापना गरिएको उनले बताए । घरबासको माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताए । घरबासमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहने उनले बताए । घरबासमा आउने पाहुनाहरुले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने वडा अध्यक्ष महतोले बताए ।
भेषराज महतोको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेशका उद्योग ,पर्यटन मन्त्री बिकास लम्साल, प्रदेश सांसदहरु रोशनबहादुर गाहा मगर, ओमकला गौतम, जनकलाल श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य किसान शर्मा गैरे कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाँ लगायतले नवलपुरको विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार