सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह
नेपालबहस संवाददाता
असोज ३०, २०७६ शुक्रबार २:१३:५२
३० असोज, एजेन्सी । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसद्मा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केहीदिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका हुन् ।
संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भन्दै राष्ट्रपतिको यस निर्णयबाट सिरिया, इरान र रुसलाई समेत असर पार्ने जनाइएको छ ।
साथै उत्तरपूर्वी सिरियामा रहेका सिरियाली कुर्दिस सैन्यबललाई अलपत्र छाड्नु सही नभएको भन्दै संसद्ले टर्कीले सिरियाभित्र जारी राखेको सैन्य कारबाही रोक्न पहल गर्नुपर्ने बताएको छ ।
संसद्को प्रस्तावमा संसद्मा डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका ठूलो सङख्याका सांसदको समर्थन रहेको छ । संसद्ले पारित गरेको प्रस्तावमा कुर्दलाई दिइरहेको सहयोग अमेरिकाले बन्द गर्न नहुनेमा जोड दिइएको छ ।
अमेरिकी संसद्ले उत्तरपूर्वी सिरियामा जारी सैन्य कारबाही तत्काल रोक्न टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई आग्रह गरिएको छ ।
राष्ट्रपति ट्रम्पको निर्णयका कारण टर्कीका सेनालाई सिरियाली भूमिभित्र कुर्द बहुल क्षेत्रमा आक्रमण गर्न सहज भएको आरोप लाग्दै आएको छ । इस्लामिक स्टेट्स विरुद्धको भिषण सैन्य कारबाहीका क्रममा कुर्द लडाकूले अमेरिकी फौजलाई विगतमा ठूलो सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार