मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर !
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १३:२४:२०
१ कात्तिक काठमाडौं । के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ ।
तर तपाईको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘ईपी युरोपेस’ मार्फत् सार्वजनिक भएको हो ।
अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जानकारी दिए । मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उनले बताए ।
उनले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी सृजना गर्ने गरेको पनि बताए । उनका अनुसार अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ स्याँ हुने, धेरै थकाइ लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ ।
मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कूल मात्रा वा मादक पदार्थ सेवनको कूल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दाबीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ ।
अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन् । सन् २००९ देखि शुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके एआईले मधुमेहदेखि मानसिक रोगसम्म पत्ता लगाउन सक्छ ?
असोज ११, २०८१ शुक्रबार
यो बिर्सने रोगले तपाईको ज्यान लिन सक्छ !
असोज ३, २०८१ बिहिबार
यी चीजहरूले छालालाई जवान राख्छ, आफ्नो दैनिक आहारमा समावेश गर्नुहोस्
असोज २, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार