गरिमा ब्राण्डको धानमा बाला नलागेपछि बर्दियाका कृषकलाई लाखौंको नोक्सान
नेपालबहस संवाददाता
कात्तिक २, २०७६ शनिबार २०:२२:५४
♦ कुसुम विश्वकर्मा
२ कार्तिक, बर्दिया । आकर्षक प्याकिङ गरेर बर्दियाका किसानहरुलाई बिक्री गरिएको गरिमा ब्राण्डको संकर धान नफलेपछि ठाकुरबाबा नगरपालिकाका किसान ठूलो मर्काका परेका छन् । उच्च गुणस्तरको हाइब्रिड जातको धान अत्याधिक फल्ने भन्दै कृषकहरुलाई बिक्री वितरण गरिएको यो धानमा बाला नलागेपछि बर्दियाका कृषकहरु रुनु न हास्नुको अवस्थामा पुगेका हुन् ।
धेरै धान फल्छ भन्ने सपना देखाएर लगाइएको धान काट्ने बेलासम्म पनि बाला नलागेपछि बर्दियाका कृषकहरुले आफूहरु ठगिएको महसुस गरेका छन् । १ सय २५ दिनमा धान पाक्छ भन्दै असार महिनामा उत्साहपुर्वक रोपिएको धानको बाला नै नलागेपछि स्थानिय कृषकहरु नराम्री ठगिएको र ऋणमाथि ऋण थपिएको कृषक भेषराज पौडेलले नेपालबहस डटकमलाई बताए ।
पीडित कृषक पौडेलले भने, ” हामीलाई यस्तो होला भनेर के थाहा ? एग्रोभेटबाटै ल्याएपछि धान राम्रो र धेरै फल्छ भन्ने सोचेर रोपियो तर गाउँघरमा अन्य किसानले धान काटेर हिउँदे खेती तोरी , मुसुरो समेत छरिसक्ने समय हुँदासम्म धान त फलेन नै अब हिउदे खेती पनि नहुने भयो, अब जहान परिवार कसरी पाल्ने होला ? “
बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित थारु एग्रोभेट,सिर्जना एग्रोभेट, भुसाल एग्रोभेट लगायतका स्थानीय खुद्रा पसलेहरुले बर्दियाका कृषकलाई राम्रो जातको धानको बीउ भन्दै महंगो मुल्यमा बिक्री वितरण गरेका थिए । कृषकले धेरै धान फलाउने सपना बुन्दै लाखौ खर्च गरेर करिब ३५ विगाहा जमिनमा लगाइएको उक्त जातको धान १ सय २५ दिनमा तयार हुने भनिएपनि आजका मितिले १ सय ५१ दिन हुँदासम्म पनि खेतमा धानको बाला नै नलागेपछि कृषकले आफूहरु एग्रोभेटबाट ठगिएको बताएका छन् ।
नेपालबहस डटकमसँग कुरा गर्दै पीडित कृषक पौडेलले भने, ” हामीलाई यस्तो होला भनेर के थाहा ? एग्रोभेटबाटै ल्याएपछि धान राम्रो र धेरै फल्छ भन्ने सोचेर रोपियो तर गाउँघरमा अन्य किसानले धान काटेर हिउँदे खेती तोरी, मुसुरो समेत छरिसक्ने समय हुँदासम्म धान त फलेन नै अब हिउदे खेती पनि नहुने भयो, अब जहान परिवार कसरी पाल्ने होला ? ” उनी अगाडि भन्छन्, तपाईको यो लोकप्रिय मिडिया नेपालबहसमार्फत गलत बीउ बिक्रीवितरण गर्ने दोषी एग्रोभेट, तथा बीउ उत्पादन गर्ने कम्पनीबाट पीडित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सहयोग गरिदिनु होला ।
ठाकुरबाबा नगरपालिकाका कृषकहरुको ३५ विगाहा जमिनमा मात्र होइन बर्दियाकै राजापुर नगरपालिका क्षेत्रका कृषकहरुले पनि यहि जातको धान लगाउदा नोक्सानी बेर्होनु परेको छ । राजापुरका कृषकले ४० विगाहा भन्दा बढि जमिनमा यस्तो धान लगाएका थिए । धान नफलेर कृषक मर्कामा परेपछि ज्ञान केन्द्र,बाली बिकास शाखा खजुराँ बाँकेले धानको निरिक्षण र डाटा संकलनको लागि भन्दै खेतमा लगाएको गरिमा धानको स्थलगत अनुगमन तथा निरिक्षण गरेको छ ।
२०७२ सालदेखि नेपालमा अनुमति लिइ दाङका देवानसिंह थारुले नेपाली एजेन्सीको जिम्मा लिएर स्थानीय एग्रोभेटहरुमा सप्लाई गर्दै आएका छन् । यसका मतियारहरुमा बाँके बर्दियाका एग्रोभेट संचालक तथा सो बिउ बिजन उपयुक्त छ भनि प्रमाणित गर्ने र नेपालमा निर्वाध रुपमा विक्री वितरण गर्न दिने बाली संरक्षण प्रयोगशाला बाँकेका कर्मचारीहरु रहेका छन् ।
साे बीउ बिजन कार्यालयका विज्ञसहितको टोलीले गत साता ठाकुरबाबा नगरपालिकामा पुगेर धान लगाइएको खेतमा अनुगमन गरेको हाे । सो टोलीले धानलाई चाहिने जति तापक्रम नपुगेका कारण धानको बाला नलागेको बताउदै गरिमा धानलाई औसतमा १५ डिग्री भन्दा बढिको तापक्रम चाहिने झुटो दावी गरेका छन् । जब कि बाँके बर्दियाको न्यूनतम तापक्रम ३० डिग्रीदेखि अधिकतम ४८ डिग्रीसम्म पुग्ने गरेको छ ।
कृषि बिज्ञ,धान बाली बिज्ञहरुले के परिक्षण गरेर कृषकहरुलाई बीऊ सिफ़ारिश गरे ? मकैको बोटमा त्यहि समस्या बेहोर्न प-यो ! कृषकले बिचरा कृषि प्रधान देशका बाली बीऊ बिज्ञहरु ! भन्दै एकजना सन्ताष गिरीले व्यंग कसेका छन् । यसबाट पनि बीउ बिजन कार्यालयका विज्ञहरु गरिमा ब्राण्डको कम्पनीसँग नजिकको सम्बन्ध रहेको र सो कम्पनी तथा स्थानिय एग्रोभेटहरुलाई जोगाउन खोजेको सहजै अर्थ लगाउन सकिन्छ । गरिमा ब्राण्डको संकर धान उत्पादन गर्ने कम्पनी रेनोभा सीड साईन्स इन्डिया प्रा.लि हो । भारतको हैदरावादमा २०१३ मा स्थापित यो निजी कम्पनी जम्मा एक लाखको पुँजी लगानीमा स्थापना भएको देखिन्छ ।
लहलहै लागेको धानको बालाको फोटोमा आकर्षक प्याकिङ गरेर विक्री गरिएको यो कम्पनीको उदेश्य नै ठगी रहेको अनुमान गर्न सकिन्छ । बार्षिक करोडौंको धान बीउबिजन उत्पादन गर्ने कम्पनीको चुक्तापुँजी मात्र एक लाख हुनु तथा धानमा बाला नलाग्नुले यो कम्पनी संगठित रुपमै ठगी धन्दामा लागेको प्रष्ट हुन्छ ।
एउटा भारतीय ठग कम्पनीले जानाजान नेपाली कृषकहरुलाई ठगीरहेको छ भने त्यसका मतियारमा नेपाली एग्रोभटहरु र बाली विज्ञ कर्मचारीहरु रहेका छन् । पीडित कृषकहरुले उपभोक्ता मञ्च नेपाल, जिल्ला प्रशासन कार्यालय बर्दिया र अन्य निकायहरुमा उजुरी दिने तयारी थालेका छन् ।
कृषक पौडेलका अनुसार यो कम्पनीले २०६८ सालदेखि नेपालमा गरिमा ब्राण्डको धानको बीउ भित्र्याएको हो । भने २०७२ सालदेखि नेपालमा अनुमति लिइ दाङका देवानसिंह थारुले नेपाली एजेन्सीको जिम्मा लिएर स्थानीय एग्रोभेटहरुमा सप्लाई गर्दै आएका छन् । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बीउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । यसका मतियारहरुमा बाँके बर्दियाका एग्रोभेट संचालक तथा सो बीउ बिजन उपयुक्त छ भनि प्रमाणित गर्ने र नेपालमा निर्वाध रुपमा विक्री वितरण गर्न दिने बाली संरक्षण प्रयोगशाला बाँकेका कर्मचारीहरु रहेका छन् ।
एक विगाहामा करिव ४० क्विन्टल धान फल्ने गर्छ र प्रति क्विन्टल धान १८ सयदेखि २५ सयसम्ममा विक्री हुने गरेको छ । यसरी हेर्दा ठाकुरबाबा नगरपालिकाका कृषकलाई मात्र १४ सय क्विन्टल धानको नोक्सानी बेर्होनु परेको छ । अर्थात् उनीहरुले २८ लाख बराबरको क्षति ब्यहोर्नु परेको छ, भने राजापुरका कृषकले लगाएको ४० विगाहा क्षेत्रफलकै हिसाब गर्दा पनि ३२ लाख बराबरको क्षति ब्यहोर्नु परेको छ । यसमा बिउ बिजन खरिद गर्दाको लागतदेखि सिंचाई र रोपाहरसम्म खर्च हिसाब गर्ने हो भने करोडको हाराहारी नै पुग्ने देखिन्छ ।
एउटा भारतीय ठग कम्पनीले जानाजान नेपाली कृषकहरुलाई ठगीरहेको छ भने त्यसका मतियारमा नेपाली एग्रोभटहरु र बाली विज्ञ कर्मचारीहरु रहेका छन् । पीडित कृषकहरुले उपभोक्ता मञ्च नेपाल, जिल्ला प्रशासन कार्यालय बर्दिया र अन्य निकायहरुमा उजुरी दिने तयारी थालेका छन् । कृषकहरुको भनाई छ, ठग कम्पनी,एग्रोभेटहरुलाई ठगी मुद्धामा कार्वाही गर्नुपर्ने र आफूहरुलाई क्षतिपूर्ति दिलाउनु पर्ने माग गरेका छन् ।
र थप याे समाचार….बर्दियामा जस्तै चितवनमा पनि गरिमा जातको धानमा बाला लागेन,जिल्लिए कृषक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार