सद्भावना राजदूत छान्दै सरकार
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ आइतबार २०:३०:५८
३ कार्तिक,काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सरकारले विभिन्न मुलुकमा सद्भावना राजदूत नियुक्त गर्ने भएको छ । भर्खरै सम्पन्न गैर आवासीय नेपालीहरुको संगठन एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई वधाई दिने क्रममा आज आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
पर्यटन मन्त्री योगेश भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई वधाई दिंदै भने – नेपाल भ्रमण बर्ष सफल पार्न तपाईंहरुको ठूलो भूमिका छ । गैर आवासीय नेपालीले नै यो अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनसक्ने भएकाले तपाईंहरु मध्येबाटै सद्भावना राजदूत तोक्ने तयारीमा छौं । साथै उनले नेपालको कूल गार्हस्थ उत्पादको १० प्रतिशत भन्दा बढी हिस्सा पर्यटन क्षेत्रको बनाउन सके मुुलुक छोटो समयमै समृद्ध हुने बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा एनआरएनए सहयोगी हुने विश्वास दिलाए । साथै उनले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन एनआरएनएले विशेष तयारी गर्ने वचनवद्धता पनि जनाए ।
यसैबीच नेपाल भ्रमण वर्ष २०२० सचिवालयले एनआरएनएको नयाँ टिमसँग विशेष समझदारी भएको छ । सचिवालय र एनआरएनबीच आजै भएको १७ बुँदे समझदारीमा विश्वभरिका एनआरएन सदस्यले कम्तिमा एकजना विदेशीलाई नेपाल पठाउने मुख्य विषय रहेको छ ।
पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा सम्पन्न समझदारीपत्रमा सचिवालयका तर्फबाट संयोजक सुरज वैद्य र एनआरएनका तर्फबाट अध्यक्ष पन्तले हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार