गर्भवती जाँच र महिनावारी हुने कर्मचारीलाई बिदा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ आइतबार २०:२६:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/garbawati-1-e1569600800754_ilZnH6CJZJ.jpg)
३ कार्तिक बेझाड ‘पाल्पा’ । पछौटेपन उन्मुलन समाज ‘बेस’ नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ ।
गर्भ परीक्षण गराउन चार दिन र महिनावारीका समय एक दिन आराम गर्न बिदा दिने निर्णय भएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताए । “गर्भवती भएका बखत सहजरुपमा गर्भ परीक्षण गर्नका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्न चार दिन र महिनावारीका बेला आराम होस् भनेर एक दिन बिदा दिने निर्णय गरी कार्यक्रम अगाडि बढाएका छौँ,” उनले भने।
महिनावारीका समय बिदा दिन थालेको दुई वर्ष भइसक्यो । गर्भवती परीक्षणका लागि शनिवार पाल्पाको रामपुरमा भएको २७औँ वार्षिक साधारणसभाले नीति तथा कार्यक्रम पास गरी चार दिन बिदा दिने कार्यक्रम सुरु गरिएको जनाएको छ ।
सो अवसरमा संस्थाले सुप्रसिद्ध सिर्जना पुरस्कार–२०७६ बाट ज्योतिषशास्त्र माधवप्रसाद पाण्डेलाई नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेको छ । कर्मठ सदस्यलाई प्रदान गरिने कर्मवीर पुरस्कारबाट संस्थाका पूर्वअध्यक्ष तथा हाल निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँणलाई सम्मान गरिएको छ ।
यसैगरी संस्थामा दस वर्षसम्म सेवा पूरा गरी निरन्तर कार्यरत कर्मचारी दानबहादुर रजाली र शकुन्तला नेपालीलाई दीर्घसेवा पुरस्कार, पाँच वर्षसम्म सेवा पूरा गरी निरन्तर कार्यरत साक्षरता कार्यक्रम पाल्पाका कर्मचारी भुपाल आले र सुआहारा नवलपरासीका भागिरथी पाललाई उत्कृष्ट पुरस्कार प्रदान गरियो ।
वार्षिक उत्कृष्ट कर्मचारी सुआहारा नवलपरासीमा कार्यरत पुरस्कारबाट संगीता अधिकारी, पाल्पामा कार्यरत कुश्माखर पाण्डे, पशुपति पन्थी, गेहेन्द्र पौडेललाई पनि सम्मान गरिएको हो ।
प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले वार्षिक साधारणसभाको उद्घाटन गर्दै बेस नेपालले सामाजिक, आर्थिक विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा अत्यन्तै राम्रो काम गरेको देख्दा खुशी लागेको बताए ।
उनले जिल्ला, प्रदेशको समग्र विकासको लागि आपूmले सक्दो सहयोग गर्ने बताउदै संस्था चिनाउने माध्यम भनेको नै संस्थाले गर्ने काम रहेको बताए ।
सुआहारा कार्यक्रमबाट पाल्पा जिल्लामा छ हजार ८८३ जना हजार दिनका आमालाई घरभेटमार्फत उनीहरुलाई स्वास्थ्य र पोषण सम्बन्धमा परामर्श सेवा, दुई हजार २०० घरपरिवारले स्वस्थ घर प्रवद्र्धनको लागि भेटघाटमार्फत सेवा र ७५२ घरपरिवारले पोसिलो खाना उत्पादनको लागि घरधुरी अवलोकन तथा परामर्श सहयोग पाएका छन् ।
यसैगरी नवलपरासीमा सुआहार कार्यक्रममार्फत तीन हजार पाँच गर्भवती आमा र चार हजार ७१२ बच्चाका आमाले घरभेटमार्फत परामर्श सेवा, ७१० वटा पोसिलो खाना प्रदर्शनी कार्यक्रमबाट जम्मा दश हजार ५७८ आमाले पोसिलो खाना बनाउने तरिका र यसको महत्वको बारेमा जानकारी लिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सभाले आर्थिक २०७६/०७७ को अनुमानित आयतर्फ पाँच करोड १२ हजार ८४२ र व्यायतर्फ चार करोड ९४ लाख १३ हजार ८४२ बराबरको आयव्याय पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार