बर्दियामा जस्तै चितवनमा पनि गरिमा जातको धानमा बाला लागेन,जिल्लिए कृषक
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ आइतबार २१:१३:२५
३ कात्तिक,काठमाडौं । बर्दियामा जस्तै चितवनमा पनि गरिमा जातको संकर धानमा बाला नलागेपछि कृषकहरु जिल्लिएका छन् । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् ।
तर कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताए । कतिपय स्थानमा बाला निस्कन थालेको र कतिपय ठाउँमा बाला निस्कने चरणमा रहेको उनले जानकारी दिए । यो जातको धानको डीएनए परीक्षण भइरहेकाले यसका लागि अझै एक साता कुर्नुपर्ने उनको भनाई छ ।
दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बीउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करिब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषकको कराडौं रुपैयाँ डुबेको छ।
तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ । त्यसलगत्तै कृषि तथा पशुपक्षी मन्त्रालयले क्षतिपूर्ति मूल्याङ्कन समिति बनाउने आश्वासन दिएको जनाइएको छ । समिति बनेर मूल्याङ्कन गरेपछि धान काट्दा क्षतिपूर्ति मूल्याङ्कन गर्न सहज हुने प्रमुख ढकालको भनाइ थियो । पूर्वी चितवनका कृषकले धान काट्न शुरु गरेका छन् । बीउ बिक्री गर्नेहरुले फरक जातको धानको बीउ बिक्री गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डीएनए परीक्षण भइरहेको छ ।
धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बालीमा पनि असर पुग्ने उक्त केन्द्रका प्रमुख ढकालको भनाइ थियो । धानपछि तरकारी खेतीका साथै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बालीमा पनि असर पर्ने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डीएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने उनले बताए । वर्णशङ्कर गरिमा जात १२५ दिनमा पाक्ने भनिएपनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ ।
दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बीउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करिब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषकको कराडौं रुपैयाँ डुबेको छ। स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन शुरु गरेका छन् । विसं २०७२ मा सूचीकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ ।
जिल्लामा गरिमा, गोरखनाथ र युएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षेधान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।
र याे पनि…..गरिमा ब्राण्डको धानमा बाला नलागेपछि बर्दियाका कृषकलाई लाखौंको नोक्सान
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार