कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ सोमबार १:४७:१४
३ कार्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि आइतवार अपरान्ह उपस्थित गराइएका महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो ।
बयान दिन इन्कार गरेको समाचार आएपछि महराले आइतवार जिल्ला सरकारी वकिलसँग यो प्रकरणमा पहिलो पटक बयान दिएका थिए ।
अब महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउने छन् । गत असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा छन् ।
संसद सचिवालयकी एक महिला कर्मचारीले आफुमाथि कोठामै आएर महराले कुटपिट गर्दै बलात्कार गरेको जाहेर गत असोज १८ गते महानगरीय प्रहरी वृत्त तीनकुनेमा दिएकी थिइन् ।
उनको जाहेरीका आधारमा वृत्तका डिएसपी दुर्गा रेग्मीसहितको टोलीले त्यसको भोलिपल्ट महरालाई बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ गरेको थियो ।
महरालाई १० दिनसम्म हिरासतमा राखेर असोज २८ गते जिल्ला अदालतमा तीन दिन म्याद शुक्रबारसम्म थपिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार