प्रहरी बुलेटिन : कहाँ- के भयो ? [ थाहा पाउनुस ]
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार १८:७:४३
४ कार्तिक, काठमाडौं । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका-२ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका-२ घर भएका ३१ वर्षीय रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका-२ घर भएका २३ वर्षीय किरण लामा रहेका छन् ।
काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाखरुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली सुन १ केजी र मोबाइल ६ थान समेत बरामद गरेको छ ।
मोरङको हरैचा नगरपालिका-७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम सहित सोही नगरपालिका-४ बस्ने २८ वर्षीय सरोज गिरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
जुवा खेल्ने ५१ जना पक्राउ
कैलाली, गोदावरी नगरपालिका-७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी ‘पूर्व’, देवचुली नगरपालिका-६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका-९ बस्ने ४२ वर्षीय कोचिन बहादुर गुरूङ लगायत १८ जनालाई नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१५ मिलनचोक डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २९ वर्षीय निम बहादुर भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी सहित ५ जनालाई नगद ७४ हजार ५ सय ६० रुपैयाँ र २ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोरङमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा बिराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका-७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साहलाई कारोबारमा प्रयोग गरेको नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरमा लुकाई छिपाई राखेको करिब ५ लाख १७ हजार ६ सय ५० रुपैयाँ मूल्य बराबरका अन्दाजी ७ केजी चाँदीका विभिन्न सामान सहित पुष्पा डाईस कटिङ पसलका संचालक हेटौंडा उपमहानगरपालिका-२ संगमचोक बस्ने भारत मोतिहारी हरपुर गाँउ पंचायत-५ आधापुर घर भएका १९ वर्षीय राकेश कुमार सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले सुनारको ना.१४ प २८३६ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइइकलको भित्रि भागमा लुकाई छिपाई राखेको उक्त मूल्य बराबरको चाँदीका बिभिन्न मूर्ति, सिक्का, पाउजु, सिन्दुर बट्टा, थाली र गिलास लगायत सामान फेला पारेको थियो ।
सुनारलाई आवश्यक कारबाहीको लागि उक्त सामानसहित भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-१७ मंगलबारे टेम्के मार्ग बस्ने २२ वर्षीय लोकेन्द्र राई र २२ वर्षीय सईन्द्र राईलाई धारिलो हतियार छुरा प्रहार गरेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय समी राई, धरान उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय तुल बहादुर राई र धरान उपमहानगरपालिका-११ बस्ने १८ वर्षीय अबिराज राई रहेका छन् ।
टेम्पोको भाडाको बिषयलाई लिएर उनीहरुले छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने तीनै जनालाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका दुवै जनाको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ ।
मोरङ, धनपालथान गाउँपालिका-२ ठनठनियाबाट नागिन २५ प्याकेट, झिरझिरे १० प्याकेट, रकेट बम २ प्याकेट, आलु बम २ प्याकेट र चक्लेट बम १ प्याकेट पटाका आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका वडा नम्बर १५ र १६ का बिभिन्न स्थानबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरको नागिन, कोब्रा, चकलेट बम र फुलझरी पटाका आइतबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।
सप्तरी, राजबिराज नगरपालिका-४ स्थित नेता चोकमा बेवारिशे अवस्थामा रहेको करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका बिभिन्न किसिमका पटाका आइतबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ गोकर्ण भैरव चोक बस्ने कृष्ण हरि कार्कीको घरबाट करिब १ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको सुनका गरगहना आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने पर्वत जलजला गाउँपालिका-८ घर भएका २८ वर्षीय दिपक गौतमको कोठाबाट करिब ४ लाख २० हजार रुपैयाँ मूल्य बराबरको सुनका बिभिन्न किसिमका गरगहना आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ शिव चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका कुमार नेपालीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागी
रुपन्देही, सोलुखुम्बु, सप्तरी, ताप्लेजुङ र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-६ स्थित स्याङजा बिर्घा गाउँपालिका-३ घर भएका गोविन्द पाण्डेको शिखा सर्जिकल एण्ड साईन्स हाउसमा बिद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-१ ख्याम्पु बस्ने चन्द्र प्रकाश कोईरालाको ढुङ्गाको घरमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर र सोही घरमा डेरा गरी बस्ने रमेश कुमार राईको बैंक स्टोर सप्लायर्स साझेदारी स्टोरमा रहेको जुत्ता, चप्पल, रेडिमेट कपडा लगायतका सामान जलेर करिब ९८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्ही बस्ने मोहमद ईसलामको गोठमा बिद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजुङ, फक्तालुङ गाउँपालिका-२ खेजेनिम बस्ने निर कुमार लिम्बुको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङ, सुन्दरहरैचा नगरपालिका-९ बस्ने पेशल कुमार श्रेष्ठको गोठमा आइतबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार