अब नेपाल टेलिकमको डाटा रोमिङ प्याक सेवा भारतमा
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार २०:३८:२०
४ कार्तिक, काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवामा भारतबाट पनि डाटा रोमिङ प्याक सञ्चालन गरेको छ । टेलिकमले १ कात्तिकदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालन गरेको हो । योसँगै नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले भारत भ्रमणमा ‘डाटा रोमिङ प्याक’ सञ्चालन गर्न सक्नेछन् ।
डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याकअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न मिल्ने गरी १ सय २५ रुपैयाँमा १ सय एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५ सय एमबी डाटा तथा मासिक प्याकअन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जिबी डाटा उपलब्ध गराइएको छ ।
डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । प्रिपेड ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी वा कम्पनीको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् ।
हालका लागि पोस्टपेड मोबाइल ग्राहकले यो सेवा ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नुपर्ने कम्पनीले बताएको छ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिस्टर्ड भइसकेपछि मात्र रोजाइका प्याक कम्पनीको एममार्फत अथवा ८१४१५३ डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
दैनिक, साप्ताहिक र मासिक प्याक खरिद गर्न क्रमशः आइएनडीआरएम १ डी, आइएनडीआरएम ७ डी तथा आइएनडीआरएम २८ डी लेखी १४१५ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले २० भदौदेखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ । हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार