अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन : अमेरिकी रक्षामन्त्री
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ मंगलबार २:१०:४७
४ कार्तिक, एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अकस्मात फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् ।
अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावनाबारे विभिन्न कोणबाट शङ्का व्यक्त गर्न थालेपछि अमेरिकी अधिकारीको उक्त प्रस्टोक्ति आएको हो ।
टर्कीले उत्तरी सिरियामा अमेरिकी समर्थन प्राप्त कुर्दिस समुदायको सुरक्षा इकाई, जसलाई अङ्काराले आतङ्कवादी बताउँदै आएको छ, विरूद्ध गत हप्ता पुनः आक्रमण सुरू गरेको केही दिनपछि अमेरिकी राष्ट्रपतिको निर्देशनमा करिब एक हजार सैनिकलाई फिर्ता गर्ने उल्लेख गरिएको थियो ।
यो कदमलाई अमेरिकी राष्ट्रपतिको रिपब्लिकन पार्टीसमेत डेमोक्रेटिक पार्टीले यो कुर्दिस लडाकूमाथिको घात हुने भनी चर्को आलोचना भइरहेको छ । अमेरिकाले सिरियामा कूर्दिस लडाकूको सहयोगमा स्लामिक स्टेट आइएस जिहादी समूहमाथिको कारबाहीलाई सशक्त बनाएको थियो ।
अफगानिस्तानमा नेटोको दृढ सहयोग अभियानबारे राजधानी काबुलमा रक्षामन्त्री एस्परले भने, “ अमेरिकाले अफगानी नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सघाइराख्ने दीर्घ प्रतिवद्धता प्रकट गरेको छ । त्यसैले अमेरिका अफगानिस्तानबाट यत्तिकै फर्किने छैन ।”
“अफगानिस्तान र सिरियामा अमेरिकी नीति पूर्णरूपमा भिन्न छ ।” अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ ।
उनले थपे, “हाम्रा सहयोगबाट अफगानिस्तानजस्ता हाम्रा सहयोगीहरूले के बुझ्न जरूरी छ भने अमेरिकाले तालिवान समस्यालाई समाधान नगरी अफगानिस्तानबाट फर्किने छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार