सिस्नुको पाउडर बजारीकरणमा महिला सक्रिय

नेपालबहस संवाददाता
कात्तिक ५, २०७६ मंगलबार १६:२३:५२

५ कार्तिक, मेलम्ची । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् ।
कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा लगाएका हुन् । कुञ्चोक जौडाँडाकी निर्मला सुनारले सिस्नु खेती व्यावसायिकरूपमा विकास भएको सुनाए । शुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला पनि यसतर्फ आकर्षित भएका उनले बताए।
“अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौँ, चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ”, उनले भने । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ । माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यनको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाले यसको खेती शुरु गरेका हुन् ।
सिस्नुलाई पाउडर, हरियो सिस्नुदेखि सिस्नुबाट बन्ने अनेक परिकारको उत्पादन गर्ने गरेको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रति थापामगरले बताए । “यसलाई नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥याउने लक्ष्य राखेका छौँ”, अध्यक्ष थापामगरले भनिन्, “यसका लागि गाउँपालिकामा कुरा गरेका छौँ ।”
सिस्नु उत्पादन र बिक्रीका बारेमा शुरुमा १० जना महिलाले कृषि उत्पादनमा सिस्नुलाई रोजेका हुन् । अहिले गाउँका अन्य महिलाले समेत सिस्नु खेती गरेका छन् । “सिस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ”, सहकारीका अध्यक्ष थामामगरले भन्नुभयो । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएको छन् ।
“उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ”, व्यावसायिक सिस्नु खेतीमा रमाएउनुभएकी सुन्तली नेपालीले भनिन्, “त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घर खर्च चल्ने रहेछ ।” वरिपरि यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरण गर्नमा जोड दिनुपर्ने उनको भनाइ छ ।
अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नु धुलो पार्ने मेसिन दिएपछि महिलाहरूले यो खेती शुरु गरेका हुन् । गाउँपालिकाले सिस्नु उत्पादनलाई ‘अग्र्यानिक सटिफिकेसन’ गर्ने र ब्रान्ड बनाउनेबारे छलफलमा राखेको छ । चालू आर्थिक वर्षमा रु ४८ लाख कृषिमा बजेट छुट्याएको गाउँपालिकाले क्याण्डी, सिस्नुजस्ता नमूना उत्पादनलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार