भूकम्प : ८३ विद्यालयलाई पुनःनिर्माणले छोएन, विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार १६:६:३१
६ कार्तिक, काभ्रेपलाञ्चोक । भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमीन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । “भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ”, एकाइ प्रमुख द्वारिका पोखरेलले भने ।
जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताए । उनका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ । पोखरेलले भने, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।”
भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा सेभ द चिल्ड्रेन, इको हिमाल, नाङ्साल एशोसिएसन, नेपाल एण्ड बीओल्ड युनिसेफ चायल्ड स्पेस फाउण्डेशन, हेल्थ एण्ड एजुकेशन फर अल, एक्सन एड तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् ।
मण्डन देउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिर्माणको काम आउँदो विसं २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ । यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो ।
अठ्ठाइस विद्यालय एशियाली विकास बैंक ९एडिबी०को सहयोगमा निर्माण भएका छन् । नेपाल सरकार तथा दाताबाट निर्माण सम्पन्न भएका विद्यालय हस्तान्तणको काम पनि भइरहेको पोखरेलले बताए । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन् । ती विद्यालयमा हाल ७७ हजार ८५४ विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार