दाई ! तिमी आउने बाटो हेरेको छु !!
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार १६:३१:०
ए दाई ! तिमी आउँने बाटो हेरेको छु।
यो तिहारको बेला
यो रमझमको बेला ।।
तिमी घर आउँने किन चेष्टा गर्दैनौ ?
तिम्रो मुटु प्लाष्टिकको हो ?
संवेदना छैन तिम्रो मुटुमा ?
किन ढुङ्गा जस्तै जड भइरहेछौ ?
किन हराईरहेछौ घुमन्ते बटुवा जस्तै ।।।
यसपालीको तिहारमा मैले कति ठूलो रहर हुर्काएको थिए।
तिम्रो आकाश जस्तै फराकिलो निधारमा सप्तरङ्गी टिकाले रङ्गाउँने।
तिम्रो पवित्र गलामा सयपत्री अनि मखमलीको माला पहिराउने।
तिम्रो शत्रु बैरी नाश हाेस् भन्दै संघारमा ओखर फोर्ने ।
खै ! ती सुन्दर बसाई सरेका दिनहरु, अब त कहिले पो फर्केर आँउलान् र ?
यतिबेला म ।
खडेरीको फूलझै ओईलाई रहेछु।
ओसिलो खोचमा उम्रेको उन्यु जस्तै भइरहेछु।
तिम्रो बहिनीको कोमल मन चुडिएको छ।
मन सारै कुडिएको छ यतिबेला
ए दाई ! तिमी नआउने खबरले ।
साग जस्तै गलेका छन् मेरा अनुहार !!
तिमी नफर्किने खबरले ।
त्यसैले आगनीको डिलमा बसेर म दार्शनिक जस्तै घोत्लिरहेछु।
मनले बरम्बार भन्छ अब आगनीको छेउमा ।।
ढकमक्क सयपत्री अनि मखमली फूल्नुको अर्थ के भयो र ?
गैरी खेतमा मार्सी धान झुल्नुको अर्थ के भयो र ?
नयाँ पहुनाझै आउँने यो
तिहारको अर्थ नै के भयो र ?
तिमी नै आफ्नै माटोमा नभएपछि।।।
त्यसकारण ए दाई !
हाम्रो भत्किएको झुपडी
मसानघाट जस्तै भएको छ ।।
यसपालीको तिहारमा !
हाम्रा घरमा दियो बल्ने छैन।
बलोस् पनि कसरी दियो, बल्न तेल चाहिन्छ।
तेल लिएर छिट्टै आउछु है भनेर गएका तिमी नआएपछि ।
हो दाई, अझै पनि भोकाएका
अनुहारले कुरिरहेका छन् तिमी आउने बाटोहरु।
कुसुमका आसे आँखाहरुले हेरिरहेका छन्
दाई तिमी आउँने गोरेटाहरु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार