प्रचण्ड केही समय पर्ख र हेरको अवस्थामा
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार १९:९:०
६ कात्तिक,काठमाडौं । पूर्व माओवादीसँगको एकता प्रक्रिया अहिले खड्गप्रसाद ओलीलाई भालुको कम्पट बनेको छ माओवादी पक्षसँग एकता प्रकृया टुंग्याउनु अघि माधव नेपाल मात्र होइन उनकै विश्वास पात्र ईश्वर पोखरेल समेत यसको विपक्षमा थिए ।
तर ओलीले जसरी भएपनि सत्ता चलाउने लोभमा परी एकल निर्णय लादेरै भएपनि माओवादीसँग चुनावी गठबन्धन गराए ।गठबन्धन हुँदा ठूलो दलको हैसियत प्राप्त हुने उनको अनुमान थियो । ओलीले स्वयं यसप्रकारको प्रचण्ड बहुमत प्राप्त हुने कल्पना गरेका थिएनन् । नेपाली जनताले बामगठबन्धनलाई झण्डै दुई तिहाईकै मत दिएपछि ओली प्रधानमन्त्री बनेका छन् । लगत्तै ०७४ जेठ २ गते ओलीले पूर्व माओवादी पक्षसँग चार बुँदे सहमति गरे ।
अहिले प्रचण्ड ठूलो तनावमा छन् । हिजै साँझ पनि उनले माधव नेपाललाई खुमलटारस्थित आफ्नो निवासमा बोलाएर यसबारे सविस्तार सुनाए । तर अझै पनि प्रचण्डप्रति भर गर्ने आधार छैन
अहिले त्यही सहमति ओलीका लागि नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार भएको छ । पार्टी एकीकरण गर्ने क्रममा भएको सहमतिको तेस्रो बुँदामा उल्लेखित सर्त बेला बेला सतहमा आउने गरेकाे छ । उक्त बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । उक्त सहमति सार्वजनिक हुने वित्तिकै ओलीको कन्पारा तात्ने गर्छ । समयक्रममा दुबै पक्षले यो बुँदालाई आफू अनुकुल व्याख्या गर्न खोज्ने गर्छन् । ओलीले नसोचेको जनमत पाएकाले सरकार र पार्टीको नेतृत्व अरुलाई हस्तान्तरण गर्न रुची देखाएका छैनन् ।
उता पूर्वमाओवादी सुप्रिमो पुष्पकमल दाहाल “प्रचण्ड” पनि ओलीको व्यवहारबाट त्रस्त बनेका छन् । मौखिक त के लिखित रुपमै भएको सहमति विपरित ओलीले सार्वजनिक सञ्चारमाध्यमबाट असहमति जनाउन थालेपछि प्रचण्ड चेपुवामा परेका छन् । यसले प्रचण्डको मनमा चिसो पसेको छ । पटक पटक ओलीबाट धोका पाएको उनको अनुभव छ । ओलीले धोका दिएको गुनासो गर्न उनी पूर्वएमाले नेताको घरदैलोमा छन् ।
तर प्रचण्डको चाहना पूरा गर्ने ल्याकत भएका नेता पूर्वएमालेमा छैनन् । ओलीसँग पौंठाजोरी खेल्न सक्ने माधव नेपाललाई समेत प्रचण्डले विच्काएका छन् । खासगरी गत भदौमा सचिवालय बैठक बसी माधव नेपाललाई झलनाथ खनाल भन्दा तल्लो बरियतामा राख्ने ओलीको प्रस्तावमा मौन बसेर प्रचण्डले नेपालको विश्वास र सद्भाव गुमाएका हुन् । तैपनि उनी ओलीको गुनासो लिएर नेपालसँग भेटघाटमा सक्रिय छन् ।
तर नेता नेपाल यो प्रकरणमा मौन देखिएका छन् । कारण प्रचण्डको अस्थिर चरित्र । नेता नेपाल प्रचण्डसँग भर गर्ने अवस्था नदेखेकाले यो प्रकरणमा मौन बस्न रुचाएका हुन् । जे भएपनि अहिले प्रचण्ड ठूलो तनावमा छन् । हिजै साँझ पनि उनले माधव नेपाललाई खुमलटारस्थित आफ्नो निवासमा बोलाएर यसबारे सविस्तार सुनाए । तर अझै पनि प्रचण्डप्रति भर गर्ने आधार छैन – नेता नेपाल निकट एक केन्द्रीय सदस्यले भने ।
उता, प्रधानमन्त्री ओली पनि आफू विरुद्ध नेपाल–प्रचण्ड गठबन्धन नहोस् भनेर सजग देखिएका छन् । तर विगतमा प्रचण्डसँग निकट भएको देखाएर उनले नेपालको संशय बढाउने काम भने गरेका छन् । त्यसैले पनि नेता नेपालले प्रचण्डलाई धेरै विश्वास गर्न सकेका छैनन् । हिजो साँझ प्रचण्डले नेता नेपाल र नारायणकाजी श्रेष्ठलाई पनि बोलाएका थिए ।दुबै नेताले ओलीसँग भएको लिखित सहमतिलाई आगामी स्थायी कमिटी बैठकमा राखेर छलफल गर्न सुझाव दिएका थिए ।
पूर्वसहमति बमोजिम ओलीले या त पार्टी अध्यक्षको कार्यकारी भूमिकामा प्रचण्डलाई छाड्नु पर्छ वा प्रधानमन्त्री पद खाली गर्न सहमत हुनुको विकल्प छैन – एक माओवादी नेताको भनाई छ । यो प्रकरणको सही रुपमा व्यवस्थापन गर्न ओली चुके भने एकता प्रक्रियामा रहेको नेकपा तासको घर जस्तै गल्र्याम्गुर्लुम हुन बेर लाग्दैन ।
उता, ओली पनि प्रचण्डको बेमौसमी गनगनबाट दिक्क भएका छन् । पार्टी एकीकरणका बेला भएको चार बुँदे सहमति यथासमय नआईकनै सार्वजनिक गरेकोमा ओली बढी क्रुद्ध देखिएका हुन् । उक्त सहमतिपत्र सार्वजनिक गरेर आफूलाई धोकेवाज देखाउन प्रचण्ड हतारिएको भन्दै ओलीले आपत्ति जनाएका छन् ।
तर प्रचण्ड भने ओलीले गरेको मौखिक सहमति पटकपटक उल्लघंन गरेकाले एक्सपोज गर्न नै चार बुँदे सहमति सार्वजनिक गरेको तर्क गर्दैछन् । पूर्वमाओवादी पक्षले ओलीका तर्फबाट योजनाबद्ध रुपमा आक्रमण हुन थालेको आंकलन गरेको छ । खासगरी कृष्णबहादुर महरालाई पदबाट राजीनामा गराउन र दशैंको मुखमा पक्राउन ओलीले गरेको षडयन्त्रले उनीहरुमा संत्रास बढेको छ ।
यो क्रम अघि निरन्तर अघि बढ्ने हो भने विस्तारै पूर्वमाओवादी नामेट हुने बुझाई उनीहरुको छ । त्यसैले आफ्नो अस्तित्वको लडाईं निरन्तर बढाउनुपर्ने अवस्था रहेको पूर्वमाओवादी नेताहरुको ठम्याई छ । प्रधानमन्त्री ओली भोलि असंलग्न आन्दोनको शिखर बैठकमा जाने र लगत्तै तिहार परेकाले केही समय पर्खने पक्षमा पूर्वमाओवादी रहेको बुझिएको छ ।
पूर्वसहमति बमोजिम ओलीले या त पार्टी अध्यक्षको कार्यकारी भूमिकामा प्रचण्डलाई छाड्नु पर्छ वा प्रधानमन्त्री पद खाली गर्न सहमत हुनुको विकल्प छैन – एक माओवादी नेताको भनाई छ । यो प्रकरणको सही रुपमा व्यवस्थापन गर्न ओली चुके भने एकता प्रक्रियामा रहेको नेकपा तासको घर जस्तै गल्र्याम्गुर्लुम हुन बेर लाग्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार