विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार २०:२३:३०
६ कात्तिक,काठमाडौं । संखुवासभा, पाँचथर, काभ्रे, रुपन्देही र गुल्मीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
संखुवासभा, पाँचखपन नगरपालिका-६ वाना बजारस्थित पार्किङ गरी राखेको को.३६ प ८८०३ नम्बरको मोटरसाइकलले थिचेर सोही ठाउँ बस्ने राजकुमार श्रेष्ठको ५ वर्षीय छोरा सिमन श्रेष्ठको मृत्यु भएको छ । सोमबार साँझ उक्त मोटरसाइकलमा खेल्ने क्रममा लडेर थिच्दा गम्भीर घाइते भएका सिमनको उपचारका लागि धरान घोपा हुँदै हेल्पिङ हेन्ड्स अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै पाँचथर, हिलिहाङ गाउँपालिका-७ सल्लेरीस्थित सडकमा को.१२ प २६३ नम्बरको मोटरसाइकल ना.३ ख ५६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुम्मायक गाउँपालिका-५ बस्ने २७ वर्षीय सुनिल सम्वाहाम्फेको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरि काभ्रे, बनेपा नगरपालिका-७ स्थित सडकमा बा.१८ च ३९५२ नम्बरको बलेरो जिपले बा.५० प ४४४७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार पाँचखाल नगरपालिका-७ बस्ने ४० वर्षीया सिता काफ्लेको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरि रुपन्देही, सैनामैना नगरपालिका-१० सालझण्डीस्थित सडकमा रोकी राखेको ना.६ख ६१०२ नम्बरको ट्रकमा लु.२० प ९३२३ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका उक्त मोटरसाइकलका चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी समाचार कक्षका अनुसार गुल्मी, कालिगण्डकी गाउँपालिका-३ नयाँखानीस्थित सडकमा लु.१ च ४५८६ नम्बरको बलेरो जिपको ठक्करबाट मंगलबार बेलुका गम्भीर घाइते भएका जिपमा सवार सोही गाउँपालिका नयाँखानी बस्ने ४८ वर्षीय झम बहादुर बिकको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ । उक्त जीपबाट सामान खसेकोले जीप रोकी सामान टिप्ने क्रममा जीप पछाडि गुडेर उनलाई ठक्कर दिएको थयो । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार