जुवातास खेल्दै हुनुहुन्छ ? भाईटिका लगाउन नपाइएला नि !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार २०:५०:२९
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
६ कात्तिक,काठमाडौं । हिन्दुहरुको अर्को महान चाड तिहार यतिबेला सबैको घरआँगनमा आईसकेको छ । तिहार भन्ने बित्तिकै दाजुभाई दिदीबहिनीहरु बीच भाईटिका मात्र हुदैन्, अधिकांशलाई यो जुवातास खेल्ने चाडपर्व पनि हो भन्ने लाग्दछ । हुन त तिहारमा तास,कौडा नखेलेसम्म तिहारको मज्जा लिएको नमान्ने वर्ग पनि ठूलो रुपमा छँदैछ । यो सबै नेपालीका लागि संस्कारजन्य मान्यता पनि भईसकेको छ ।
तर होस् गर्नुस है ! कतै तपाई तिहारको मौका भन्दै जुवातास खेलिरहनु भएको त छैन् ? बेर्पवाह जुवातासको मज्जा लिदाँ कतै दिदीबहिनीको हातबाट भाईटिका लगाउनबाट बञ्चित हुनु त छदैछ चाडपर्वको मौसममा प्रहरीको कस्टडीमा पनि बस्नु पर्ला ? किनभने प्रहरीले यतिबेला जुवातास नियन्त्रण गर्ने भन्दै धमाधम छापामार्ने अभियान शूरु गरेको छ । अझ तिहारका बेला बढी नै जुवातासको रमझम हुने भएकाले प्रहरी देशैभर थप सक्रिय हुनथालेको छ ।
केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका-८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ वर्षीय वीर बहादुर तामाङ समेत ६ जनालाई ३ बुक तास र नगद ३९ हजार ४ सय ७५ रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै उक्त स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ६ सय लिटर र तयारी मदिरा ५ सय लिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यस्तै काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा बा।२ ख ६४३७ नम्बरको बसभित्र तास खेलिरहेका रामेछाप दोरम्बा गाउँपालिका-६ बस्ने १९ वर्षीय हिरालाल तमार समेत ४ जनालाई नगद १३ हजार ६ सय ९० रुपैयाँ र १ बुक ताससहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ भेटघाट चोक बस्ने ६० वर्षीया लक्ष्मी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत १२ जनालाई ४ बुक तास र नगद १ लाख ७८ हजार ५ सय रुपैयाँसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै सुनसरी, ईनरुवा नगरपालिका-१ स्थित नम्रता होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय प्रदिप कुमार साह समेत ७ जनालाई ८१ हजार ५ सय ७० रुपैयाँ र ६ हजार ६ सय ८० भारतीय रुपैयाँ, ७ थान मोबाइल र ताससहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरि बाँके, नेपालगंज उपमहानगरपालिका-१८ तेजनगर बस्ने काली बहादुर पुनको घरमा जुवातास खेलिरहेका सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ बस्ने ४१ वर्षीय हरि थापा समेत ११ जनालाई नगद ६२ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, कटहरी गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश मण्डलको घरमा जुवातास खेलिरहेका मण्डल समेत ६ जनालाई १ बुक तास र नगद ६८ हजार ९ सय ६० रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार