भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बिहिबार ०:३५:५५
६ कार्तिक, एजेन्सी । भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड ‘बिसिसिआई’ को अध्यक्षको जिम्मेवारी लिएका छन् ।
बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो । अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो ।
बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीले मुख्य जिम्मेवारी पाएकामा खुशी लागेको बताए। यो समितिको म्याद पनि नवनिर्वाचित कार्य समितिले सपथ लिएसँगै समाप्त भएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा एवं गुजराज क्रिकेट संघका जय शाह बोर्डको सचिवमा निर्वाचित भएको बिसिसिआईको निर्वाचन अधिकृत एन गोपालास्वामीले बताए ।
यस्तै, बोर्डको उपाध्यक्षमा उत्तराखण्ड क्रिकेट संघका महिम बर्मा तथा संयुक्त सचिव पदमा केरला क्रिकेट संघका जयेश जर्जले उम्मेदवारी दिए । हिमाचल प्रदेश क्रिकेट संघका अरुण सिंह धुमलले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको बोर्डको निर्वाचन समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार